माधव नेपालले भने : पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ? « Khabarhub

माधव नेपालले भने : पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको तर बाध्यता भएको बताएका हुन् । उनले जाने ढोका बन्द गरेपछि पार्टी फुटाएको स्पष्ट पारेका छन् ।

नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसद्‌मा कुरा उठाउन नपाइनेसमेत बताए ।

‘सर्वोच्च अदालतमा रहेको विचाराधीन कुरालाई संसद्‌मा उठाउन पाइँदैन भनेको छ’, उनले भने, ‘त्यही पनि अरूको काँध चढेर माइक खोसेर भाँचिदिन्छु भनेर कसरी उफ्रेका होलान् ? कस्तो सन्तान जन्माएका, कस्ता मान्छे बनाएछन् ! कस्तो कुरा सिकाएछन् ? कस्तो भाषा प्रयोग गर्छन् ? सधैँभरि कान थुन्न, आँखा मिचेर हेर्न पनि मन लाग्दैन ।’

उनले संविधानको धारा ७६ को उपधारा ५ मा सरकार गठन भएन भने मात्र संसद् विघटन गर्न पाइने व्यवस्था गरेको पनि उल्लेख गरे ।

‘सर्वोच्च अदालतको फैलसा पढेको छैन । सर्वोच्च अदालतले प्रस्ट भनेको छ- प्रतिनिधिसभा विघटन गर्न पाइँदैन’, उनले भने, ‘संविधानको धारा ७६ को उपधारा ५ मा सरकार गठन भएन भने मात्र संसद् विघटन गर्न पाइने व्यवस्था गरेको छ । त्यसबाहेक कसैले पनि विघटन गर्न पाउँदैन भनेर सर्वोच्च अदालतको फैसला पढेका छैनन् र ?’

उनले चोइटिएर मान्छे गए भन्नेले संसदमा किन नारा लगाउन परेको भन्दै ‘पिलो निचोरेर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’ भनेर प्रश्न पनि गरे ।

-न्युज कारखाना

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ३० बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय