श्रमिकले रकम नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी « Khabarhub

श्रमिकले रकम नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– सिराहाको नरहा गाउँ पालिका-१ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकले पारिश्रमिक नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

आफूहरूले काम गरेको रकम आर्थिक मसान्तको तीन महिना बितिसक्दा पनि नपाएको भन्दै वडाका ४३ जना श्रमिकले तालाबन्दी गरेका हुन् ।

स्वरोजगार कार्यक्रमअन्तर्गत ४३ जना कामदारले वैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेको रकम अझै नपाएको गुनासो गरेका छन् । स्थानीय सुनिल दासले अफूहरूले पटक-पटक पाउनुपर्ने रकमको लागि गाउँपालिकासँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताए ।

कामगरेको रकम असार १५ गतेसम्म पाइसक्नु पर्ने भए पनि अहिलेसम्म नपाउँदा आफूहरू निकै समस्यामा परेको उनले बताए।

गीतादेवी दासले गुनासो पनि सुनिल दासको जस्तै छ । ‘हामी त गरिब मान्छे । काम गरेर मात्रै चुलो बल्छ । काम गरेको पैसा नै नपाएपछि हामी त निकै समस्यामा छौं’, उनले भनिन् ।

उनले आफूहरू गाउँपालिका धाउँदाधाउँदै थाकेको बताइन् । उनीहरूले कामगरे बापत प्रतिव्यक्ति २५ हजार हजारका दरले १० लाख ७५ हजार रकम लिनु बाँकी रहेको बताएका छन् ।

वडा अध्यक्ष अशोक साहले सम्बन्धित कर्मचारीको लापरबाहीले श्रमिकले पैसा पाउन नसकेको बताएका छन् । उनले कर्मचारीकै लापरबाहीका कारण चेक बन्न नसको बताए ।

आफूले गर्नुपर्ने सबै काम गरेर उनीहरूको जिम्मा लगाएको बताउँदै लेखा र सम्बन्धित कर्मचारीका कारण रकम निकासा हुन नसकेको उनले बताए । रकम उपलब्ध गराउन आफूहरूको प्रयास जारी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ५९ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको