कर्णाली प्रदेश योजना आयोगका सदस्य शाहीले दिए राजीनामा « Khabarhub

कर्णाली प्रदेश योजना आयोगका सदस्य शाहीले दिए राजीनामा


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् । शाहीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

राजनीतिक घटनाक्रम र व्यवहारिक समस्याका कारण राजीनामा दिनुपरेको शाहीले बताए । ‘विगतमा बृहत कम्युनिष्ट पार्टी हुँदा मैले आयोगको सदस्य भएको हुँ,’ उनले भने, ‘पछिल्लो चरणमा राजनीतिक घटनाक्रम बदलिएको छ । त्यसैले रानीनामा दिएको हुँ ।’

राजीनामा दिए पनि आफू कर्णाली प्रदेशका लागि स्वंयसेवी भएर काम गर्न तयार भएको र कर्णालीको विकासका लागि सधैं लागि पर्ने शाहीले बताए ।

‘कर्णालीका विकास तथा अन्य कामका लागि सधै स्वंयसेवी भएर काम गर्न तयार छु,’ उनले भने, ‘तर, अहिले आयोगमा रहन उचित नठानेर राजीनामा दिएको हुँ ।’

योजना आयोगका सदस्य शाही विगतका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा कर्णाली योजना आयोगको सदस्य भएका थिए । पछिल्लो चरणमा नेकपामा विभाजन आएपछि उनी एमाले नै रहने भएका कारणले राजीनामा दिएको बताइन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : ४५ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,