पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरलाई युवकले हाने मुक्का « Khabarhub

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरलाई युवकले हाने मुक्का


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ ।

आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका हुन् ।

पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली ज्योतिनगर पुगेको थियो । सो स्थानमा केही दिनअघि पहिरो खसेर घरमा क्षति पुगेको थियो । सोमबार पनि पहिरो खस्दा तीन घरमा क्षति पुगेको छ ।

केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै मेयरमाथि नै हात हालेका हुन् । आज बिहान सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले दौडेर आएर मुक्का हानेका हुन्।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : ४० बजे

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको