पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरलाई युवकले हाने मुक्का « Khabarhub

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरलाई युवकले हाने मुक्का


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ ।

आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका हुन् ।

पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली ज्योतिनगर पुगेको थियो । सो स्थानमा केही दिनअघि पहिरो खसेर घरमा क्षति पुगेको थियो । सोमबार पनि पहिरो खस्दा तीन घरमा क्षति पुगेको छ ।

केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै मेयरमाथि नै हात हालेका हुन् । आज बिहान सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले दौडेर आएर मुक्का हानेका हुन्।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : ४० बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को