तालिबानको नयाँ प्रतिबन्धले महिला थप आक्रोशित « Khabarhub

तालिबानको नयाँ प्रतिबन्धले महिला थप आक्रोशित


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ । सोमबार तालिबानले महिलाहरूको अधिकार र स्वतन्त्रतामा थप कडा पार्दै जाने सङ्केत गरेको छ।

महिलाहरूलाई काममा पहुँच कम गर्ने र केटीहरूलाई विद्यालय जानबाट रोक्ने लगायतका कदमहरू चाल्न थालिएको छ।

तालिबानको विगतको शासन क्रूर एवं दमनकारी रहेकाले यस पटक उनीहरूले स्वतन्त्रता र उदारतालाई प्राथमिकता दिने गरेको घोषणा पनि क्रमशः लागू नहुने र विगतको जस्तै कठोर शासन सञ्चालन गर्ने सङ्केत तालिबानले दिएको छ।

परराष्ट्र मन्त्रालयकी वरिष्ठ अधिकृतले सेवाबाट बर्खास्तीमा परेपछि आफूहरू ठूलो पीडामा परेको एएफपीलाई बताएकी छिन् । उक्त मन्त्रालयमा काम गर्ने थुप्रै महिलाहरूले जागिर गुमाउनु परेको छ। जसले महिलाहरूले मरेतुल्य हुनु परेको टिप्पणी गरेका छन् ।

यसैगरी राजधानी काबुलको एक नगरपालिकाका मेयरका अनुसार त्यहाँ कार्यरत महिला कर्मचारीको स्थानमा अब छिट्टै पुरुष कर्मचारी भर्ना गरिनेछ । शिक्षा मन्त्रालयले पछिल्ला दिनहरूमा पुरुष शिक्षक र विद्यार्थीहरूलाई मात्र अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ।

यद्यपि नयाँ शासकहरूले यस किसिमको औपचारिक नीतिको घोषणा भने गरेका छैनन् । शुक्रबार सबै पुरुष कर्मचारी उपस्थित भएर पूर्व सरकारको महिला मामिला मन्त्रालय बन्द गरिएको छ। यस्ता कदमले सबै महिलाहरू भयभीत भएका छन् ।

उनीहरू अब राम्रो रोजगारी नपाउने चिन्ताले छट्पटिएका छन् ।

देशमा बिग्रदै गएको स्वास्थ्य अवस्था र बाह्य सहयोगको कटौतीले चिन्तित बन्दै गएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेसुस तालिबान नेतृत्वसँगको वार्ता अघि सोमबार काबुलमा पुगेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : ३० बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च