टी-ट्वान्टी विश्वकप : बंगलादेशको पहिलो जित « Khabarhub

टी-ट्वान्टी विश्वकप : बंगलादेशको पहिलो जित


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित हात पारेको छ ।

ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति सम्पन्न खेलमा बंगलादेशले ओमानलाई २६ रनले हरायो ।

बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनमा सीमित भयो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाउन बाहेक अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् ।

ओमानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिँदा शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो ।

बंगलादेशका लागि मोहमद नाइमले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा शकिब अल हसनले ४२ रन जोडेका थिए ।

 

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ५० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको