कर्णाली प्रदेश सरकाले दियो कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा | Khabarhub Khabarhub

कर्णाली प्रदेश सरकाले दियो कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान आजदेखि सुरु हुने भएकाले प्रदेश सरकारले आज बिदा दिएको हो ।

विसं २०७८ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा कात्तिक ३ गते बिदा दिने निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने जनाएको छ ।

बिरुवा गाउँपालिका बिदा

वालिङ, स्याङ्जाको बिरुवा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । बिरुवा –७ मा अवस्थित मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा गरिने पञ्चबलि पूजालाई स्थानीय पर्वका रुपमा मनाउनका लागि आज सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिए । मन्दिरमा राँगो, बोका, कुखुरा, परेवा र हाँसको बलि दिने गरिन्छ ।

‘गाउँपालिकाकै धार्मिक आस्थाको धरोहरको रुपमा हामीले गहते मनकामनालाई अगाडि बढाएका छौँ’, उनले भने, ‘धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहेको यस क्षेत्रको प्रचारप्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने हेतुले उक्त स्थानमा हुने मेलालाई पर्वका रुपमा मनाउनका लागि सार्वजनिक बिदा दिएका हौँ ।’

पञ्चवली पर्वलाई स्थानीय पर्वका रुपमा लिँइदै आइएको छ । हाल एकादशी र औँसीका दिनमा बाहेक दिनहुँ पूजाआजा गर्ने व्यवस्था मिलाएको अध्यक्ष शर्माले बताए ।

‘धार्मिकरुपमा निक्कै प्रसिद्धी कमाएको यस मन्दिरमा बिरुवा, हरिनास गाउँपालिकासहित वालिङ, चापाकोट, पुतलीबजार, भीरकोट नगरपालिकालगायत तनहुँ, पाल्पा, नवलपरासीबाट पनि दर्शनार्थी आउने गर्नुहुन्छ’, उनले भने । मन्दिरका नाममा भाकल तथा बलि दिने गर्नाले मनोकामना पूरा भएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : ०५ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज