विराटनगर विमानस्थल डुबानमा, उडान प्रभावित « Khabarhub

विराटनगर विमानस्थल डुबानमा, उडान प्रभावित


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थलको सबै क्षेत्रमा पानी पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए। ‘विमानस्थलको सम्पूर्ण क्षेत्र डुबानमा परको छ। हामी पनि बाढीपीडित बनेका छौँ,’ उनले भने, ‘आज त उडानको कुरा छाडौँ‚ ज्यान जोगाउन मुस्किल छ।’

जसका कारण विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।

उनका अनुसार विमानस्थलको धावनमार्गमा करिब पाँच फिटसम्म पानी जमेको छ। बुधबार बिहानदेखि विमानस्थलमा खोलाको बाढी पसेको उनले बताए।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : ५५ बजे

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो