न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने « Khabarhub

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि-अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आईपीओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।

न्यादी हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् । आईपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

यसमा कुल २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । यो मागको तुलनामा १४ दशमलव ०८ गुणा बढी हो । यस आधारमा सर्वसाधारणलाई बिक्री गरिएको २० लाख ९२ हजार ५०० कित्तालाई आधार मान्दा २ लाख ९ हजार २५० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । त्यस्तै, २१ लाख ४७ हजारभन्दा बढीको हात खाली हुनेछ ।

कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो। यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो ।

बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आईपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आईआर डबल बी’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : ५२ बजे

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक

एमाले महाधिवेशनमा भोट हाल्न तयार गणेश तिमल्सिनालाई तनाव, प्रतिनिधि कार्ड नै लुुकाइयो

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतदानको तयारीमा रहेका राष्ट्रिय सभाका

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी – नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा