अपडेट: बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता « Khabarhub

अपडेट: बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा नौजना छन् । दुई जिल्लामा पहिराले मानवीय क्षति गराएको हो ।

त्यसपछि पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

पहिरामा परेर सबैभन्दा बढी बझाङ्मा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् ।

विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

यो क्रम आज पनि जारी छ । हराएकाहरुको खोजी कार्य र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ३५ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू