पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने « Khabarhub

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको भण्डार पुनःपूर्ति गर्न एसएम–६ क्षेप्यास्त्रको उत्पादन बढाउन रेथियोनलाई २४ अर्ब ४० करोड अमेरिकी डलरको सम्झौता दिने घोषणा गरेको छ ।

पाँच वर्षका लागि हुने सम्झौतामा थप दुई वर्षका विकल्पसमेत छन् । पेन्टागनले एसएम–६ लाई हवाई प्रतिरक्षा तथा सतहविरुद्ध प्रयोग हुने महत्त्वपूर्ण क्षेप्यास्त्रका रूपमा उल्लेख गर्दै सम्झौताले रक्षा उद्योगलाई जनशक्ति र आपूर्ति शृङ्खला विस्तार गर्न दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने जनाएको छ ।

अमेरिकी रक्षा विभागका महानिरीक्षकले गत महिना इरानविरुद्धको ‘अपरेसन एपिक फ्युरी’ मा भएको हतियार खर्चले रणनीतिक भण्डारमा कमी ल्याएको तथा हतियार पुनःपूर्तिमा औद्योगिक क्षमतासम्बन्धी समस्या देखिएको बताएका थिए । 

कङ्ग्रेसनल बजेट कार्यालयले पनि सेप्टेम्बर १५ को प्रतिवेदनमा अमेरिकासँग धेरै वर्षसम्म इन्टरसेप्टर क्षेप्यास्त्रको सीमित भण्डार रहने उल्लेख गरेको थियो ।

रेथियोनले एसएम–६ अमेरिकी नौसेनाका पानीजहाज तथा स्थलबाट प्रक्षेपण गर्ने प्रणालीबाट सफलतापूर्वक प्रयोग गरिएको जनाएको छ । कम्पनीका अध्यक्ष फिल जास्परले उत्पादन क्षमता बढाउन आफ्ना सञ्चालन तथा उत्पादन केन्द्रमा निरन्तर लगानी भइरहेको बताए ।

यसैबीच, अमेरिका र इजरायलको इरानमाथिको आक्रमण सुरु भएको सात महिनाभन्दा बढी समयपछि पनि तेहरानले हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राखेको बताइएको छ।

‘वाल स्ट्रिट जर्नल’ का अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको अन्त्यसम्म इरानमाथि पुनः बमबारी गर्ने अपेक्षा सहयोगीहरूलाई बताएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : ४० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना