लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर खेतको धानबालीमा क्षति (भिडियो) « Khabarhub

लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर खेतको धानबालीमा क्षति (भिडियो)


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाले धारबालीमा ठूलो क्षति पुर्‍याएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार वर्षा सुरु हुनुभन्दा अगाडि नै किसानले ५५ हजार ५४ हेक्टरबाट धानबाली भित्र्याइसकेका थिए । ९३ हजार ५७६ हेक्टरमा काटेर तयारी अवस्थामा रहेको र ढलेको धानखेती वर्षाले क्षति पुर्‍याएको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए ।

काट्न बाँकी रहेको धानमा भने क्षति नभएको भन्दै देवकोटाले क्षति भएका किसानलाई आवश्यक क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारसँग निर्देशनालयले समन्वय गरिरहेको बताए ।

लुम्बिनी प्रदेशमा पर्ने तराइका अधिकांश जिल्लामा धान पाकिसकेको थियो । केही ठाउँमा पाक्ने क्रममा थियो । पानी परेपछि काटेर सुकाएका धानबालीमा वर्षाले ठूलो क्षति पुर्‍याएको हो । ‘पछिल्लो धानमा खासै असर पुगेको छ, पाक्न लागेको र नढलेको धानमा पनि असर पुगेको छैन’, देवकोटाले भने । समयमा पानी परेको र मल पनि समयमै उपलव्ध भएकाले यो वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको थियो । समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाइँ छिटो भएको थियो ।

कृषि विकास निर्देशनालयले लुम्बिनी प्रदेशमा प्रति हेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ । यो हिसावले लुम्बिनीमा ३६ हजार ४८० हेक्टर खेतबाट एकलाख २७ हजार ६८० मेट्रिक टन धानमा वर्षाले क्षति पुर्‍याएको छ ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा विशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो ।

रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले धान काटेको अवस्थामा खेतमै डुबेको छ भने थोरैले मात्र उठाउन भ्याएका छन् । रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ४४ बजे

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको