लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर खेतको धानबालीमा क्षति (भिडियो) « Khabarhub

लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर खेतको धानबालीमा क्षति (भिडियो)


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाले धारबालीमा ठूलो क्षति पुर्‍याएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार वर्षा सुरु हुनुभन्दा अगाडि नै किसानले ५५ हजार ५४ हेक्टरबाट धानबाली भित्र्याइसकेका थिए । ९३ हजार ५७६ हेक्टरमा काटेर तयारी अवस्थामा रहेको र ढलेको धानखेती वर्षाले क्षति पुर्‍याएको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए ।

काट्न बाँकी रहेको धानमा भने क्षति नभएको भन्दै देवकोटाले क्षति भएका किसानलाई आवश्यक क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारसँग निर्देशनालयले समन्वय गरिरहेको बताए ।

लुम्बिनी प्रदेशमा पर्ने तराइका अधिकांश जिल्लामा धान पाकिसकेको थियो । केही ठाउँमा पाक्ने क्रममा थियो । पानी परेपछि काटेर सुकाएका धानबालीमा वर्षाले ठूलो क्षति पुर्‍याएको हो । ‘पछिल्लो धानमा खासै असर पुगेको छ, पाक्न लागेको र नढलेको धानमा पनि असर पुगेको छैन’, देवकोटाले भने । समयमा पानी परेको र मल पनि समयमै उपलव्ध भएकाले यो वर्ष धान उत्पादन बढी हुने अनुमान गरिएको थियो । समयमै वर्षा भएपछि पश्चिम तराईका जिल्लामा रोपाइँ छिटो भएको थियो ।

कृषि विकास निर्देशनालयले लुम्बिनी प्रदेशमा प्रति हेक्टर ३ दशमलव ५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ । यो हिसावले लुम्बिनीमा ३६ हजार ४८० हेक्टर खेतबाट एकलाख २७ हजार ६८० मेट्रिक टन धानमा वर्षाले क्षति पुर्‍याएको छ ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिण क्षेत्रमा विशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानहरूका खेतमा धान पाकिसकेको थियो ।

रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले धान काटेको अवस्थामा खेतमै डुबेको छ भने थोरैले मात्र उठाउन भ्याएका छन् । रुपन्देहीमा ८२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १ : ४४ बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना अझै बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको