‘कृषि सूचना प्रणाली व्यवस्थित नहुँदा बढी क्षति भयो’ « Khabarhub

‘कृषि सूचना प्रणाली व्यवस्थित नहुँदा बढी क्षति भयो’


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन दिनयताको वर्षाले देशभर जनधनमा ठूलो क्षति भएको छ ।

यसपालीको असर बढी हुनुमा कृषि सुचना प्रणाली व्यवस्थित नहुनु मुख्य कारण रहेको एशोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट (अनाज) ले जनाएको छ ।

हरेक वर्ष कुनै न कुनै रुपमा प्राकृतिक प्रकोपको मारमा नेपाली किसानहरु पर्दै आएकोमा वर्षा सकिएपछि एक्कासी आएको पोष्ट मनसुन (मनसुन उत्तराद्र्ध) ले तराई क्षेत्रमा धानबालीमा क्षति पुग्दा आर्थिक वृद्धिदरमा प्रभावित पार्ने देखिएको छ भने खाद्य सुरक्षामासमेत गम्भीर असर पर्ने भएको छ ।

विशेषगरी दशैँसमेत राम्रोसँग नमनाएर खेतको धान भित्र्याउदै गरेका सुदूरपश्चिमको तराई क्षेत्रमा काटिएको धान नै डुवानमा परेको छ भन्ने सबैतिर कुनै न कुनै रुपले अन्न बाली उत्पादनमा असर गरेको छ ।

अनाजले बुधवार जारी गरेको प्रेस विज्ञप्तीअनुसार मौसम पूर्वानुमानको तथ्यांक कृषकले बुझ्ने भाषामा, समयमै पुर्‍याउने व्यवस्था प्रभावकारी नहुँदा क्षति बढी भएको कुरा मनन गरेर सरकारले भविष्यमा प्राकृतिाक प्रकोपको असर न्युनिकरण गर्न आवश्यक कदम चाल्नुपर्नेछ ।

‘तीन तहका सरकारबीच आवश्यक समन्वय हुन नसक्दा कुन क्षेत्रमा कति असर परेको छ भनेर यकिन भन्न सकिने अवस्था अझै छैन । तीनै तहका सरकारको सहज समन्वय हुने संयन्त्र बनाई कृषि क्षेत्रको विकासमा गम्भीर बन्नु सरकारको दायित्व हो’ जारी विज्ञप्तिमा भनिएको छ ।

क्षतिको यकिन विवरण तयार गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुले आआफ्नो तरिकाले काम सुरु गरिसकेको अवस्था छ । तर तीनै तहका सरकारबीचको समन्वयबाट मात्र वास्तविक तथ्यांक तयार हुने भएकाले आवश्यक समन्वय गर्दै किसानलाई यथासक्य राहत र क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न जोडदार माग गरेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ०३ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको