नेप्से ६० अंकले बढ्यो, आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट « Khabarhub

नेप्से ६० अंकले बढ्यो, आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बढेर २,५७१ दशमलव ६६ को विन्दुमा पुगेको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै हिमालयन डिस्टीलरीको ७ करोड ८१ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ७ करोड ३१ लाख र अपि पावर कम्पनीको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ४१ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा