नेप्से ६० अंकले बढ्यो, आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट « Khabarhub

नेप्से ६० अंकले बढ्यो, आठ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज शेयर बजार नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बढेर २,५७१ दशमलव ६६ को विन्दुमा पुगेको छ । आज सबै उपसुचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स उपसुचक ५ दशमलव ८१ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २१७ वटा कम्पनीको ६१ करोड १ लाख ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै हिमालयन डिस्टीलरीको ७ करोड ८१ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ७ करोड ३१ लाख र अपि पावर कम्पनीको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल प्रगति फण्डका इकाईधनीले गुमाएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ४१ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक