११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीको शव « Khabarhub

११ लाख लिएर ४६ दिनमा आफन्तले बुझे सीता भण्डारीको शव


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेका छन् । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि शव उठेको हो ।

आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

उनीहरुलाई कारागार चलान गरेको करिब दुई साता बित्दा पनि माइती पक्षले आर्थिक लेनदेनको विषयमा कुरा नमिल्दा शव उठाउन मानेका थिएनन् । तर दुई पक्षबीच भएको छलफलमा ११ लाख माइती पक्षलाई दिने गरी सहमति भएपछि शव उठाएर तिनाउको मगरघाटमा दाहसंस्कार गरिएको छ ।

स्रोतका अनुसार सीताका माइती पक्षले घरतर्फ अर्थात् पौडेल परिवारबाट ११ लाख रुपैयाँको चेक बुझेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ स्थित गंगोलियामा एकजना मध्यस्थकर्ताको घरमा मंगलबार लिखित सहमति भएको थियो ।

तिलोत्तमाको कफी कम्पनी नजिकै गत १९ भदौमा २७ वर्षीया सीता भण्डारीको शंकास्पद मृत्यु भएको थियो । सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले देखाएको थियो । तर माइती पक्षले हत्या नै भएको दावी गर्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले भने आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएपछि जिल्ला अदालतले श्रीमान् टीका पौडेल, आमाजू विष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेललाई दुरुत्साहनमा निर्दोष देखिएको भन्न नसकिने भन्दै पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

मंगलबार दुई पक्षबीच भएको सहमतिमा माइती पक्षले पौडेल परिवारबाट ११ लाख बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा हस्तक्षेप नहुने गरी कुनै आन्दोलन नगर्ने सहमति भएको छ । न्यूज कारखाना

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ४ : २० बजे

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार)

स्थानीय तहबाटै प्यान कार्ड जारी

गोरखा– हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलो पटक स्थायी लेखा नंम्बर

द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालन गर्न आग्रह

नेपालगञ्ज– द्वन्द्वकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार सञ्चालनमा ल्याउन

दिक्तेलमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण

विशेष महाधिवेशनमा सहभागिताका लागि जिल्ला कार्यसमितिको आह्वान

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै पार्टीको