महिलासँग १३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ « Khabarhub

महिलासँग १३ लाख ठगी गर्ने नक्कली डीएसपी पक्राउ


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । आफूलाई नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँ भन्दै ठगी धन्दा चलाएर हिँडेका झापाका निलम भट्टराईलाई मंगलबार सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा जागिर लगाइदिने भन्दै एक महिलासँग १३ लाख रुपैयाँ ठगी गरेको उजुरी आएपछि भट्टराईलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए । ‘भट्टराईका साथबाट नक्कली डीएसपीको परिचयपत्रसमेत बरामद भएको छ,’ उनले भने, ‘महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने नक्कली डीएसपी सुर्खेत आसपासका क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।’

कालो रंगको गाडीमा हिँड्ने भट्टराईको हाउभाउ हेर्दा जो कोहीले पनि प्रहरीकै डीएसपी होला भनेर सहजै अनुमान गर्ने गरेको ठगिएका पीडितहरूले बताएका छन् । पक्राउ परेका भट्टराईलाई सुर्खेत प्रहरीले बुधबारै हवाईजहाजबाट महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँ पठाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ३५ बजे

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक