कात्तिक दोस्रो साता ‘एएनपी नेशनल अवार्ड’ « Khabarhub

कात्तिक दोस्रो साता ‘एएनपी नेशनल अवार्ड’


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले फिल्म, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा ‘एएनपी नेशनल अवार्ड–२०२१’ गर्ने भएको छ ।

संस्थाका अध्यक्ष लबबहादुर कार्कीले अवार्ड पहिलोपटक आयाेजना गर्न लागिएको बताए । उनका अनुसार आगामी कात्तिक १५ गते राजधानीको बत्तीसपुतलीस्थित तीनतारे होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल स्रष्टा र सर्जकलाई सम्मान र फिल्म, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

आयोजकले फेसन क्षेत्र अन्तर्गत मोडल र कोरियोग्राफरका अलावा इभेन्ट आयोजक तथा व्यवस्थापकहरुलाई समेत प्रोत्साहित गर्न ती विधामा समेत अवार्डको व्यवस्था गरिएको जनाएको छ । शम्भुप्रसाद रेग्मीको संयोजनमा हुने कार्यक्रममा विभिन्न मनोरञ्जक प्रस्तुति हुनेछन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ४ : २३ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र