एमालेको चियापान : अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार « Khabarhub

एमालेको चियापान : अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– एमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्‍यो । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वगृहमन्त्री खगराज अधिकारीलगायत कार्यक्रमको वक्ता थिए ।

एमालेले चियापानमा जिल्लास्थित सबै सक्रिय राजनीतिक पार्टीलाई आमन्त्रण गरेको थियो । समारोहमा सबै राजनीतिक पार्टीलाई आसन ग्रहण गराइयो । सरकारका उपसचिवसमेतको आसन ग्रहण थियो । तर एमालेले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई बहिष्कार गर्‍यो । नेकपा एसको नामसमेत लिएन ।

सुरुदेखि नै वर्गशत्रुका रूपमा समाजवादी पार्टीलाई लिइएको छ । त्यतिमात्रै होइन, कार्यक्रमका वक्ताहरूले नेकपा (एस) को खोइरो खने । एमाले महासचिव पोखरेलले कम्युनिष्ट पार्टी फुटाएर विरोधी पार्टीलाई सत्ता सुम्पिने माधव समूहको गठबन्धन चकनाचुर हुने दाबी गरे । ‘एमालेविरुद्ध जुन गठबन्धन बनेको छ, यो गठबन्धन धेरै दिन टिक्नेवाला छैन । यो चकनाचुर हुनेवाला छ । यो गठबन्धन मुलुकको विकास र समृद्धि रोक्नका लागि हो । मुलुकको राजनीतिक स्थायित्व धराशायी बनाउन हो,’ उनले थपे, ‘यो अराजकतालाई बढावा दिनका लागि हो । सामाजिक सद्भावलाई खलवल्याउने र विदेशीको इसारामा घुँडा टेक्ने गठबन्धन हो । एमाले यसको विरुद्ध लाग्छ ।’

एमाले सचिव पृथ्वीसुब्बा गुरुङले एकीकृत समाजवादीले कम्युनिष्टको आदर्शविपरीत काम गरेको आरोप लगाए । ‘अहिले एमाले विभाजित गरेर कम्युनिष्ट भन्ने शक्तिहरूले दलाल नोकरशाही पुँजीपतिहरूको संरक्षण गरिरहेका छन् । विदेशीको इसारामा नाच्ने पार्टीको नेतृत्वमा सरकार बनाएका छन्,’ उनले भने, ‘यो सरकार दलाल नोकरशाही पुँजीवादीहरूको हो । यसविरुद्ध एमाले लाग्नुपर्ने छ ।’ उनले माओवादी र एकीकृत समाजवादी कुनै पनि हालतमा कम्युनिष्ट हुन नसक्ने बताए ।

पूर्वगृहमन्त्री अधिकारीले एमालेको विभाजन सेटिङबाट गरिएको भन्दै त्यो नस्वीकार्ने बताए । ‘कृत्रिम विभाजन कहिलै स्वीकार्य छैन । सेटिङबाट गरेको विभाजन हामीलाई स्वीकार्य छैन । हामी भुइँबाटै देखाउन चाहन्छौं, ६ गते वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनबाट अझ बढी मजबुत बनाएर लाग्छौं,’ उनले भने, ‘यो देशमा नेकपा एमाले जिउँदै छ । हराभराका साथ अगाडि बढ्छ । सम्पूर्ण गलत चिन्तन, शैली प्रवृत्तिलाई चुनौतीका साथ सामना गर्दै संघीयतालाई दृढतापूर्वक अगाडि बढाउँछ ।’ न्यूज कारखाना

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : ४० बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू