भोलिदेखि उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल « Khabarhub

भोलिदेखि उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको हो ।

पहिलो दिन तीन खेल आयोजना हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । ब्यस्त तालिकाबीच प्रतियोगितामा प्रत्येक दिन तीन खेल हुनेछन् ।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । समूह ए मा चार र अन्य समूहमा तीन टोली रहेका छन् । समूहका विजेता ‘नक आउट’ चरणमा प्रवेश गर्नेछन् ।

२२ कात्तिकमा नक आउट चरणका खेल सुरु हुनेछ । फाइनलमा पुग्ने दुई टोली भने यसै वर्ष हुने राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।

गत सिजन राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन विभागीय (नेपाल पुलिस, आर्मी, एपीएफ) सहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले प्रतियोगितामा ‘बाई’ पाएका छन् । दुई क्लब छनोट भएसँगै अर्को राष्ट्रिय लिग खेल्ने टोली आठ पुग्नेछन् ।

यसपटक छनोट खेलमा प्रत्येक टोलीले चार विभागीय खेलाडी खेलाउन पाउने प्रावधान छ ।

उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार पाउनेछ ।

यता, विधागततर्फ उत्कष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २० हजार प्राप्त गर्दा एक सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै प्रत्येक खेलको वुमेन्स अफ दि म्याचले पाँच हजार रुपैयाँ पाउनेछन् ।

राष्ट्रिय महिला लिगको साविक विजेता एपीएफ क्लब हो । डबल राउन्ड रोबिनको आधारमा भएको लिगमा एपीएफले दोस्रो स्थानको आर्मीभन्दा १० अंकको अग्रतासहित उपाधि हात पारेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ०० बजे

देउवाको बिदाइसँगै कांग्रेसमा समाहित भयो नेपाली कांग्रेस (बी.पी.)

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवासँगको टसलका कारण जन्मिएको नेपाली कांग्रेस

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध गरेका छौँ

काठमाडौं– सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित

नेप्सेको वेबसाइटमा देखिएको समस्या समाधान

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटमा देखिएको प्राविधिक समस्या करिब

यूएईमा इरानी आक्रमण : एक नेपालीसहित तीन विदेशीको मृत्यु, ५८ जना घाइते

अबुधाबी- संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानी ड्रोन र मिसाइल

युद्धले रोजगारी गुम्ने पिरमा रहेका युवाको चित्कार– आफ्नै विमानस्थलमा पानीसमेत पाइएन

काठमाडौं- मध्यपूर्वको लडाईंको कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान स्थगित भएपछि