देशभरको तापक्रम घट्दै, आइतबारदेखि मात्रै मौसम सुधारिने   « Khabarhub

देशभरको तापक्रम घट्दै, आइतबारदेखि मात्रै मौसम सुधारिने  


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अरब सागरमा बनेको निम्न चापीय प्रणालीको असरले तीन दिनदेखि बदलाब भएको नेपालको मौसम आइतबारदेखि सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

तीन दिनदेखिको मौसम धुम्म हुँदा पारिलो घाम लागेको छैन । घाम नलाग्दा चिसो बढेको अनुभूति भएको छ । काठमाडौँ उपत्यकामा शुक्रबार बिहान ६:३० मा ११ दशमलव १ डिग्री सेल्सियस मापन गरिएकोमा आज शनिबार बिहान न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

तीन दिनदेखि मौसम नखुल्दा चिसो मात्र बढेको छैन, प्रदूषण पनि बढाएको छ । छिटपुटबाहेक पानी पनि पर्न सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतीभा मानन्धरका अनुसार अहिलेको प्रणाली बाहिरिए पनि अर्को प्रणालीका कारण अझै केही समय बदली तथा तुवाँलोका समस्या बढ्दै जानेछ । तथापि अहिलेको धुम्मपन क्रमश हट्दै जाने र आइतबारसम्म मौसम सामान्य हुन सक्ने अनुमान गरिएको उनले बताइन्  ।

‘निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिन्छ, आइतबारदेखि मौसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्को सिस्टम नआउला भन्न सकिँदैन ।’

आज बिहान काठमाडौँ उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आकलन महाशाखाले गरेको छ ।

‘प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ उनले भनिनन्, ‘ तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।’

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मतीमा बदली छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ११ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित