देशभरको तापक्रम घट्दै, आइतबारदेखि मात्रै मौसम सुधारिने   « Khabarhub

देशभरको तापक्रम घट्दै, आइतबारदेखि मात्रै मौसम सुधारिने  


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अरब सागरमा बनेको निम्न चापीय प्रणालीको असरले तीन दिनदेखि बदलाब भएको नेपालको मौसम आइतबारदेखि सुधार हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

तीन दिनदेखिको मौसम धुम्म हुँदा पारिलो घाम लागेको छैन । घाम नलाग्दा चिसो बढेको अनुभूति भएको छ । काठमाडौँ उपत्यकामा शुक्रबार बिहान ६:३० मा ११ दशमलव १ डिग्री सेल्सियस मापन गरिएकोमा आज शनिबार बिहान न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

तीन दिनदेखि मौसम नखुल्दा चिसो मात्र बढेको छैन, प्रदूषण पनि बढाएको छ । छिटपुटबाहेक पानी पनि पर्न सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतीभा मानन्धरका अनुसार अहिलेको प्रणाली बाहिरिए पनि अर्को प्रणालीका कारण अझै केही समय बदली तथा तुवाँलोका समस्या बढ्दै जानेछ । तथापि अहिलेको धुम्मपन क्रमश हट्दै जाने र आइतबारसम्म मौसम सामान्य हुन सक्ने अनुमान गरिएको उनले बताइन्  ।

‘निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिन्छ, आइतबारदेखि मौसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्को सिस्टम नआउला भन्न सकिँदैन ।’

आज बिहान काठमाडौँ उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आकलन महाशाखाले गरेको छ ।

‘प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,’ उनले भनिनन्, ‘ तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।’

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मतीमा बदली छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ११ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग