कांग्रेस प्रदेश अधिवेशन : यी हुन् कास्कीबाट निर्वाचित प्रतिनिधि « Khabarhub

कांग्रेस प्रदेश अधिवेशन : यी हुन् कास्कीबाट निर्वाचित प्रतिनिधि


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कास्कीका सबै प्रदेश निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार सबैजसो क्षेत्रमा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी विजयी भएका छन् । सुवेदीले मुराहरी कोइरालालाई १७ मतले पराजित गरेका हुन् । सुवेदीले २२६ मत ल्याउँदा कोइरालाले २०९ मत पाए ।

उपसभापतिमा निर्मला ढुंगाना र सुकदेव गुरुङ, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी तथा सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएका छन् ।

१ (ख) को सभापतिमा कृष्ण कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी अर्जुन गुरुङलाई १५ मत अन्तरले पराजित गरे । कोइरालाले १८८ मत ल्याए भने गुरुङले १७३ मत पाए ।

उपसभापति, सचिव र सहसचिवमा पनि प्रतिस्पर्धा भएको छ । अबेर राति सकिएको मतगणना अनुसार उपसभापतिमा विकास गुरुङ र विष्णुप्रसाद बराल, कर्तीबल्लभ त्रिपाठी र महेश कार्की तथा सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल विजयी भए ।

२ (क) मा दिनेश आचार्य विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीलाई ३० मतले पराजित गरेका हुन् । आचार्यले १२१ मत ल्याउँदा पराजुलीले ९१ मत मात्रै पाए ।

उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा विजयी भए । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश निर्वाचन क्षेत्र (ख) अन्तर्गत सभापतिमा दीपेन्द्र मर्सानी विजयी भए । मर्सानीले १४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १२० मत पाए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ विजयी भए भने सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएका छन् । सहसचिवमा निलम बाटाजु र सुरेश खवास सर्वसम्मत चयन भएका थिए ।

क्षेत्र नम्बर ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् । उनले १६६ मत ल्याउँदा निकटतम दीपकराज पौडेलले १५६ मत पाए । उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए भने सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी विजयी भएका छन् ।

३ (ख) को सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ नयाँ सभापति बनेका छन् । उनले निकटतम प्रतिश्पर्धी दिपकवीर कुँवरलाई १०३ मतको फराकिलो अन्तरले हराउँदै सभापति बनेका हुन् । पौडेलको २२७ र कुँवरको १२४ मत छ । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतिदेवी कोइराला निर्वाचित भए भने सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्रको कार्यसमिति सहित प्रदेश अधिवेशन प्रतिनिधि पनि निर्वाचित भएका निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए ।

विधान अनुसार प्रत्येक क्षेत्रबाट १७ जना प्रतिनिधि छनोट भएका छन् । खुलातर्फ ७, महिला ३, खस आर्य खुला २, खस आर्य महिला १, आदिवासी जनजाति खुला, आदिवासी जनजाति महिला, दलित, अल्पसंख्यक तथा अपांगता कोटाबाट १-१ जना निर्वाचित भएका छन् । अब ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतको अधिवेशन हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : २० बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त