यी हुन् तनहुँ कांग्रेसमा प्रदेशसभा क्षेत्रमा निर्वाचित पदाधिकारी « Khabarhub

यी हुन् तनहुँ कांग्रेसमा प्रदेशसभा क्षेत्रमा निर्वाचित पदाधिकारी


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँका चार वटा प्रदेशसभा क्षेत्रमा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ ।

१४औँ महाधिवेशन अन्तर्गत भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । तनहुँ २ (ख) मा बिहीबार उम्मेदवारी दर्तासँगै नयाँ नेतृत्वको टुंगो लागेको थियो । अन्य तीन प्रदेश सभा क्षेत्रमा भने शुक्रबार भएको मतदानबाट नेतृत्वको टुंगो लगाएको हो ।

तनहुँ क्षेत्र नम्बर १ (क) को सभापति पदमा विशेश्वर खनालले बाजी मारे । उनले निकटम प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) लाई पराजित गर्दै सभापति बनेका हुन् । खनालले २९० मत पाएकोमा मियाले २१६ मत मात्रै ल्याए । ५४३ मतदाता रहेकोमा ५३३ मत खसेको थियो ।

उपसभापतिमा बलबहादुर पोखरेल २५० मत पाएर निर्वाचित भए  राजु खड्का र सविता उप्रेतीले  बराबर मत पाएका छन् । यी दुईले २३१-२३१ मत ल्याएका छन् । सचिवमा ईश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल विजयी भएका छन् । पौडेलले २७२ र ढकालले २४० मत प्राप्त गरी विजयी भएका हुन् । सहसचिवमा मीनबहादुर गुरुङले २९१ र माधव न्यौपानेले २७४ मतका साथ विजयी हासिल गरे ।

प्रदेश प्रतिनिधिमा चिरञ्जीवि अधिकारी, ज्योति श्रेष्ठ, तुलसीराम सापकोटा, कमल पण्डित, बाबुराम बगाले, सुरेश थापा, हरिदत्त पौडेल, एजिला ढकाल, कान्छीमाया तामाङ, तीर्थमाया पौडेल, ओजराज पौडेल, विद्या जिसी, अमर गुरुङ, मनिलाल श्रेष्ठ, केशकुमारी राना मगर र बुद्धकुमार परियार विजयी भएका छन् ।

तनहुँ १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ विजयी भएका छन् । उनले राजेन्द्र पियाँलाई ६६ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले २२० र पियाँले १५४ मत पाएका हुन् । ४१२ मतदाता रहेको यो क्षेत्रमा ४०२ मत मात्र खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।

बाबुराम श्रेष्ठले २२५ र राधादेवी खनालले १९० मत प्राप्त गरी उपसभापति पदमा जित हासिल गरेका छन् । सचिवमा लक्ष्मीकान्त मिश्र र हरिशरण खनाल विजयी भए । मिश्रले १९६ र खनालले १८४ मत प्राप्त गरेका हुन् । सहसचिवमा गोपाल थापा  र राजु पौडेल विजयी भएका छन् । थापाले २२४ र पौडेलले १८२ मत प्राप्त गरे ।

प्रदेश प्रतिनिधिमा कर्णबहादुर गुरुङ, निमबहादुर मगर, प्रेमबहादुर गुरुङ, सुवास अधिकारी, मदन पण्डित, तुलक कैनी, गिरबहादुर थापा, महेश भट्टराई, पवित्रा गौली, विद्या खनाल, शान्ता बास्तोला, पन्चमाया गुरुङ, विमला थापा, तमबहादुर दरै, बिपीन गुरुङ, चित्तबहादुर थापा र अमृत नेपाली विजयी भएका छन् ।

तनहुँ २ (क) मा जितराज रानाको प्यानल नै विजयी भएको छ । २३८ मत ल्याएर राना सभापतिमा विजयी भए । उनका निकटम प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत पाए । ४४५ मतदाता रहेकोमा ४४२ खसेको थियो ।

उपसभापतिमा  रेशमलाल पौडेल २४६ र पशुपति क्षेत्री २२९ मतका साथ  विजयी भएका हुन् ।  सचिवमा राजेशकुमार श्रेष्ठले २४४ र हरि भण्डारीले २२४ मत प्राप्त गर्दै विजयी भएका छन् । सहसचिवमा केशबहादुर थापाले २३६ र मुक्तिप्रसाद सापकोटाले २२६ मत पाएर विजयी भए ।

प्रदेश प्रतिनिधीमा शिवबहादुर आले, रविचन्द्र पौडेल, तुलबहादुर गुरुङ, लोकेन्द्र थापा, श्रीबहादुर थापा, शिवशरण वाग्ले, समुन्द्रराम श्रेष्ठ, वासना श्रेष्ठ, विना खनाल, सुलोचना गौतम, निशादेवी पौडेल, जुक्तराज वाग्ले, अन्जनकुमार श्रेष्ठ, हिरालाल गुरुङ, सिता कुमाल, डोलबहादुर सुनार र निर पुन विजयी भएका छन् ।

तनहुँ २ (ख) मा भने बिहीबार नै निर्विरोध नेतृत्व चयन भएको थियो । उम्मेद्वारी दर्ताको क्रममा आवश्यक भन्दा बढी उम्मेद्वारी नपरेपछि निर्विरोध नेतृत्व चयन भएको हो । सभापतिमा इन्द्रबहादुर आले, उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ, सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, धुर्वकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ११ : ३० बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त