आँचलसँग आशिषको ‘झ्याइँ झ्याइँ पञ्चे बाजा’ | Khabarhub Khabarhub

आँचलसँग आशिषको ‘झ्याइँ झ्याइँ पञ्चे बाजा’


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ का गायक आशिष सचिन नयाँ गीत ‘झ्याइँ झ्याइँ पञ्चे बाजाले’ लिएर आएका छन् । गीतमा उनले गायिका ऋतिका श्रेष्ठसँग सहकार्य गरेका छन् ।

महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ ।

भिडियोको निर्देशन कविराज गहतराजले गरेका हुन् । डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो ।

कार्यक्रममा गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताए । फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि अवसर रहेको उनको बुझाई छ ।

सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १२ : १९ बजे

लोकसभा चुनाव : ४९ सिटका लागि राहुल गान्धीसहति ६९५ उम्मेदवार मैदानमा

नयाँदिल्ली – लोकसभा चुनावको पाँचौ चरणको लागि आज बिहान ७

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्