धनकुटामा एभोकाडो महोत्सव सुरू « Khabarhub

धनकुटामा एभोकाडो महोत्सव सुरू


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– घ्यु फलको रुपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सुरू भएको छ।

धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो ।

धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ। धनकुटा नगरपालिकाले २०७५ सालमा नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकले उत्साहपूर्वक एभोकाडो खेती गरिरहेका छन् ।

महोत्सवमा नगरक्षेत्र तथा देशभरि उत्पादन भएका एभोकाडो र एभोकाडोजन्य उत्पादनको प्रदर्शनी, बिक्री वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने र महोत्सवमा सहभागी भएका नगर क्षेत्रका एभोकाडो कृषकलाई प्रोत्साहन स्वरुप प्रविधि हस्तान्तरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवमा एभोकाडोका ३० वटा स्टल रहेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ५ : ५० बजे

कृषि उपज बिक्री केन्द्रले किसान र उपभोक्तालाई सहज

दाङ– घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि

नयाँ दलको चुरीफुरी : हल्लिएला कांग्रेस-एमालेको जग ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज

एनपीएल : कसले कति हाने बाउन्ड्री ? मार्कको सर्वाधिक छक्का, रोसिङ्टनको चौका

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को ब्याटिङमा जमेका विदेशी खेलाडीले

हिउँदयाममा बासस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ– मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ ।