बागलुङका ६५ घरमा ‘एक घर एक धारा’ « Khabarhub

बागलुङका ६५ घरमा ‘एक घर एक धारा’


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पुर्‍याएको छ ।

अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको सिगानाका स्थानीय कोपिला खड्काले बताए । अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस स्थानका स्थानीयहरु खुशीले दंग परेका छन् ।

उनीहरुले सामुदायिक धारामापानीको पालो समेत पर्खनुपर्ने बाध्यता थियो । खानेपानीको समस्या भोग्दै आएका बागलुङ–८ सिगाना लामिचौर दलित बस्ती बाहेककका २१ मुहानमा खानेपानीको काम चलिरहेको बागलुङ–८ सिगाना खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष यज्ञराज गोतमले जानकारी दिए । ‘२०७३ सालबाट यहाँ २१ साना-ठूला मुहानममा खानेपानीको काम भइरहेको छ, अहिले लाम्पाटा लगायतको क्षेत्रमा ६५ घरमा खानेपानी पुर्‍याएका छौं’ उनले भने ‘बहुवर्षे योजना अन्र्तगत अहिले कोरीखोला क्षेत्रमा समेत ६५ घरमा खानेपानीको काम भइरहेको छ तर लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा एक महिनादेखि घर घरमा खानेपानी पुगिसकेको छ ।’

हाल सम्म उक्त स्थानमा जम्मा १२ सामुदायिक धारा, अव्यवस्थित, असहज पानीको वितरण थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, बागलुङको बजेट अनुसार अहिले सिगानामा धमाधम एक घर एक धारा लगायत खानेपानीको पहुँच पुर्‍याउने काम भइरहेको छ । पैसठ्ठी घरमा धारा पुर्‍याउनका लागि चितेपानी आलावारीको मुहानबाट पानी ल्याएर २० हजार लिटर क्षमताको पानी संकलन ट्याङ्की निर्माण गरी बितरण गरिएको छ । ती घरमा मात्रै खानेपानी पुर्‍याउन रु. २५ लाख खर्च भइसकेको सो आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : २३ बजे

संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण र गणेश, प्रतिपक्षीलाई पनि समेटिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारण श्रेष्ठलाई

अमेरिकी नाकाबन्दी चिर्दै प्रतिबन्धित सुपरट्यांकर हर्मुज स्ट्रेटबाट खाडीमा प्रवेश

तेहरान- अमेरिकाको प्रतिबन्धका बावजूद अर्को एक सुपरट्यांकर हर्मुज स्ट्रेट पार

कृष्णहरि बुढाथोकीलाई अर्थ समितिको सभापति जिम्मेवारी

काठमाडौं– रामेछापबाट निर्वाचित सांसद डा. कृष्णहरि बुढाथोकीलाई प्रतिनिधि सभाअन्तर्गतको अर्थ

माओवादी छोडेका रहवरलाई उद्योग श्रम र उपभोक्ता हित समितिको जिम्मेवारी 

काठमाडौं– माओवादी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जितेकाले पनि समितिको

अमेरिकालाई इरानको चेतावनी : अधिकार सुरक्षित नभई हर्मुज स्ट्रेट छोड्दैनौँ, आणविक कार्यक्रममा सम्झौता हुँदैन

तेहरान- अमेरिकी नौसेनाको नाकाबन्दीबीच इरानले कडा चेतावनी दिँदै आफ्ना अधिकार