चार वर्षपछि धरानमा गुञ्जियो ‘रविन एण्ड द न्यु रिभोलुसन’ « Khabarhub

चार वर्षपछि धरानमा गुञ्जियो ‘रविन एण्ड द न्यु रिभोलुसन’


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–कोभिड महामारी लगत्तै झण्डै साढे दुई वर्षपछि आयोजना भएको ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’मा रकपप व्याण्ड ‘रविन एण्ड द न्यु रिभोलुसन’ले आफना हिट गीतहरुसँगै धरानको चिसो मौसमलाई तताएको छ ।

धरान १२ स्थित पब्लिक हाइस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा व्याण्डका प्रमुख गायक रविन तामाङले नेपाली ढाका टोपीमा सजिएर ‘नेपाल–नेपाल’ बोलको गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए ।

चार वर्षपछि कन्सर्टका लागि धरान आएका उनले ‘भेटे मैले शिवजी’, ‘केटाकेटी पहिलो नाम’, ‘जति माया लाएपनि’, ‘चिसो चिसो हावा’ र ‘दम मारो दम’लगायतका दर्जन गीत गाएका थिए । रविन आफ्नो टिमका प्रविणदास श्रेष्ठ, हरिकृष्ण महर्जन र विजय विश्वकर्मासँग स्टेजमा देखिएका थिए ।

कोभिड पछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको बताउंदै गायक तामाङले सबैलाई सुरक्षाका लागि मास्क, सेनिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे । कार्यक्रममा स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतले आफ्नो प्रस्तुति दिएका थिए ।

टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यसअघि धरानमा ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७’ र पथरीमा ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८’ आयोजना भईसकेको छ । मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ११ : २१ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने