स्रष्टालाई राइजिङ स्टारको सम्मान « Khabarhub

स्रष्टालाई राइजिङ स्टारको सम्मान


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राइजिङ्ग स्टार कल्चर ग्रुप, चन्द्रागिरीले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा हालै आयोजित वार्षिकोत्सवमा सञ्चार, फिल्म, गीतसंगीत तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न ब्यक्तिलाई ‘राष्ट्रिय स्रष्टा तथा कलाकार सम्मान’ प्रदान गरेको छ । केटिएम जाम डान्स ब्याटलका बिजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशीसहित ‘उत्कृष्ट चलचित्र पत्रकार सम्मान’बाट सम्मानित भए ।

त्यस्तै फिल्म निर्देशक मधुसुदन भट्टराई र कल्याण अधिकारी ‘उत्कृष्ट निर्देशक सम्मान’, गायक सुरज पौडेल र नवीनकुमार पौडेललाई ‘उत्कृष्ट गायक सम्मान’, विद्या तिवारीलाई ‘उत्कृष्ट गायिका’, तुलसीप्रसाद श्रेष्ठ, भुवनकुमार काफ्ले र विकास चापागाईंलाई ‘उत्कृष्ट कलाकार सम्मान’ तथा काजीमान श्रेष्ठ र वीरकृष्ण श्रेष्ठलाई ‘खेलाडी सम्मान’ प्रदान गरिएको थियो ।

उनीहरुलाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर लीसा नकर्मी, चन्द्रागिरी नगरपालिका वडा नं ७ का अध्यक्ष शम्भुकुमार केसी, बागमती प्रदेश सदस्य रमा आलेमगर, कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विक्रम तामाङले सम्मान गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ११ : ४३ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज