अष्ट्रेलियाका सहरमा ऋषिराजको ‘चुरीफुरी’ « Khabarhub

अष्ट्रेलियाका सहरमा ऋषिराजको ‘चुरीफुरी’


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक ऋषिराज आचार्यको फिल्म ‘चुरीफुरी’ अष्ट्रेलियाका सहरमा प्रदर्शन हुने भएको छ । आगामी शुक्रबारबाट नेपालमा प्रदर्शन हुन लागेको कमेडी जनराको यो फिल्मलाई अष्ट्रेलियामा बेलेक ब्रोस इन्टरटेन्मेन्टले प्रदर्शन अधिकार खरिद गरेपछि ती सहरमा प्रदर्शनको बाटो खुलेको हो ।

फिल्ममा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा),पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे), अभिषेक श्रेष्ठ, सोन बज्राचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसीप्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय छ ।

निर्देशक ऋषिराजकै लेखन रहेको फिल्ममा राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन, दीपक शर्माको संगीत, भीमफेदी गाइजको कोरियोग्राफी छ । निर्देशक आचार्यका अनुसार फिल्म अष्ट्रेलियालगतै अमेरिका, कतार, जापानलगायतका देशमा पनि रिलिज हुँदेछ ।

डिसिएनले वितरण गर्ने फिल्ममा निर्देशक आचार्यसँगै रिना ढकाल(भण्डारी) निर्माता छन् भने सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : २१ बजे

बैतडीको सिगास–८ मा रास्वपाको अग्रता

बैतडी– सिगास गाउँपालिका–८ मा १०० मत गणना भएको प्रारम्भिक नतिजा

चितवन ३ मा सोविता १,९८३ मतले अगाडी

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

रुकुम पूर्वमा प्रचण्ड ३ हजार ८३३ मतान्तरले अगाडि

काठमाडौं– रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मोरङ-६ मा रास्वपाकी आचार्यको अग्रता

मोरङ– मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय

मध्यपूर्व द्वन्द्वका कारण फ्रान्सका ६० जहाज अलपत्र

काठमाडौं- मध्यपूर्वमा जारी द्वन्द्वका कारण फ्रान्सका ६० जहाज अलपत्र परेका