एप्रिलालाई ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि « Khabarhub

एप्रिलालाई ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । लामाले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ र बैंकक टुर प्याकेज पुरस्कार पाएकी छन् ।

प्रतियोगितामा ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन ‘फस्ट रनर अप’ र ललितपुरकी २१ वर्षीया विभिषिका श्रेष्ठ ‘सेकेन्ड रनर अप’ घोषित भए । दुवैले चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेका छन् ।

रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन ‘मिस मंगोल बागमती’, रौतहटकी चन्द्रकुमारी सारुमगर ‘मिस मंगोल प्रदेश २’, पाँचथरकी शान्ता योङहाङ ‘मिस मंगोल प्रदेश १’ घोषित भए ।

प्रतियोगितामा खोटाङकी सान्तवना राई ‘मिस ट्यालेन्ट’, ललितपुरकी समिता बज्राचार्य ‘कल्चरल एम्बासडर’ र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा ‘मिस फोटोजेनिक’ एवं ‘मिस लिडरसिप’ घोषित भए ।

कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ संगीतकार शान्तिराम राई, पूर्वएसएसपी दीपक रञ्जित, मनोविज्ञ अजेलिया रञ्जितकार, ‘मिस मंगोल नेपाल २०१४’ डा. एनिस्ता गुरुङ, ‘मिस मंगोल नेपाल २०१८’ जाङमु शेर्पा, म्युजिक भिडियो निर्देशक विज्ञान राई सम्मिलित निर्णायक रहेका थिए ।

यसपटक प्रतियोगितामा १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको यो १२औँ संस्करण हो ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १ : ०६ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)