काँग्रेस महाधिवेशन– यथास्थिति कि परिवर्तनको संवाहक  | Khabarhub Khabarhub

काँग्रेस महाधिवेशन– यथास्थिति कि परिवर्तनको संवाहक 


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देशको प्रजातान्त्रिक आन्दोलनलाई अगुवाइ गर्दै आएको जेठो दल नेपाली काङ्ग्रेसले आफ्नो चौधौं महाधिवेशन सम्पन्न गरेको छ । जसरी पनि परिवर्तनको प्रमुख नारासहित यसपटकको महायज्ञमा होमिने काङ्ग्रेसी प्रतिनिधिहरूले निर्वाचनमार्फत मिश्रित मतादेश दिएका छन् ।

एकातर्फ तेह्रौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाप्रति फेरि आफ्नो विश्वास दोहोर्‍याई यथास्थितिको निरन्तर पृष्ठपोषण गरेको छ भने अर्कातर्फ परिवर्तनलाई एजेन्डा बनाउने धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्मालाई जिताएर पुस्तान्तरणका लागि बलियो समर्थन पनि जनाएको देखिन्छ । यसैगरी केन्द्रीय सदस्यहरूको निर्वाचन पनि मिश्रित परिणाम दिने खालको देखिन्छ ।

यसपटकको महाधिवेशनले काँग्रेसलाई यथास्थिति कै निरन्तर प्रवाहमा राखेको छ अथवा परिवर्तनको संवाहक बनाउने प्रयत्‍न गरेका हुन् भन्नेबारे बुझ्न विगतदेखिका केही घटनाक्रम र नेताहरूको वक्तव्यलाई विवेचना गर्नुपर्ने हुन्छ ।

पछिल्लो एकवर्षदेखि मिति सार्दै आएको काङ्ग्रेसी नेतृत्वलाई निर्वाचन आयोगले अन्तिम समयसीमा तोकिदिएपछि यो महाधिवेशन गरिएको थियो । जसमा तत्कालीन सभापति देउवालाई पुनः सभापतिमा दोहोर्‍याउन तथा उनलाई जसरी पनि हटाउनुपर्छ भन्ने नारासहित अन्य प्रतिस्पर्धी हरु मैदानमा थिए । विगत एक वर्षदेखि सभापति देउवाविरुद्ध एकजुट भएर जानुपर्ने प्रयासलाई मूर्तरूप दिन अन्य नेताबीच विभिन्न चरणको छलफल पनि भयो ।

तत्कालीन उप–सभापति रामचन्द्र पौडेलले उमेर हदका कारण आफ्नो अन्तिम अवसर भएकाले सहयोगको अपेक्षा गरे र प्रकाशमान सिंहले छोड्ने भए आफ्नो सहयोग र समर्थन रहने आश्वासन कोइराला पक्षबाट दिइयो । यति हुँदाहुँदै पनि कुरो मिलेन । अन्ततः नेता पौडेलको अश्रुपूरित बहिर्गमन भयो । काङ्ग्रेसको इतिहासमा आँसु झार्दै विदा हुने नेताहरूमा गणेशमान सिंह र  कृष्णप्रसाद भट्टराईपछि रामचन्द्र पौडेल पनि थपिएका छन् ।

शेरबहादुर देउवाविरुद्ध उम्मेदवार चयन गर्ने क्रममा कोइरालाहरुको बीचमा धेरैपटक बैठक बसेर पनि मन मिल्न सकेन । न त बीपी पुत्र शशांक ले छोड्न माने न गिरिजा पुत्री सुजाताले नै छोड्न मानिन् । जबकि, निर्वाचनमा भाग लिँदा शशांकले केन्द्रीय सदस्य र सुजाताले उपसभापतिमा उम्मेदवारी दिएका थिए ।

कोइराला पक्षले एकमत भएर शेखर कोइरालालाई समर्थन गरेको भए नेपाली काङ्ग्रेसको महाधिवेशन फरक ढंगले अगाडि बढ्न सक्थ्यो । जे होस्, अन्ततः उम्मेदवारी दर्ता गराउने समयसम्म आइपुग्दा शेरबहादुर बहादुर देउवाको विरोधमा डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि देखा परे । यीमध्ये प्रकाशमान र विमलेन्द्र निधि विगतका देउवा पक्षधर हुन् ।

सदाबहार नेता कृष्णप्रसाद सिटौलाद्वारा आफ्नो पुरानो शैलीलाई कायम राख्दै सभापति देउवा सँग भागबण्डा मिलाए । र, देउवालाई समर्थन गरे । जसको कारण महामन्त्रीसहित केही महत्वपूर्ण भूमिकाबाट लाभान्वित सिटौलालाई आवश्यकताभन्दा बढी महत्व दिएको भनी प्रधानमन्त्री देउवाका कतिपय मन्त्रीहरूबाट समेत असन्तुष्टि व्यक्त भयो ।

यति हुँदाहुँदै पनि कुरो मिलेन । अन्ततः नेता पौडेलको अश्रुपूरित बहिर्गमन भयो । काङ्ग्रेसको इतिहासमा आँसु झार्दै विदा हुने नेताहरूमा गणेशमान सिंह र  कृष्णप्रसाद भट्टराईपछि रामचन्द्र पौडेल पनि थपिएका छन् ।

यसैको प्रतिक्रिया स्वरुप सभापति शेरबहादुर देउवाद्वारा आफू पराजित भएको खण्डमा प्रधानमन्त्री प समेत त्याग्नुपर्छ भन्ने अभिव्यक्ति आएको थियो । यो मन्त्रीहरूलाई एकप्रकारको चेतावनीसमेत थियो ।

उम्मेदवारी दर्ता गराउने क्रममा आ–आफ्ना प्यानल गठन गरिएको समाचार मात्र नभई औपचारिक रूपमै सभापतिको दाबेदारहरूले टिमको लिस्ट जारी गरेका थिए । यी प्यानलहरूको अध्ययन गर्दा देउवा विरुद्ध डा. शेखर कोइराला मात्र रहेको स्पष्ट देखिन सकिन्थ्यो ।

प्रकाशमान सिंहलाई महामन्त्रीका उम्मेदवारका रूपमा पार्टी प्रवक्ता भइसकेका विश्वप्रकाश शर्माले सहयोग गरेका थिए भने निधिको खासै टिम नै थिएन भन्दा पनि हुन्छ ।

तथापि सिंह र निधिद्वारा पहिलो चरणको मतदानमा देउवा विरुद्ध कस्सिएर अभिव्यक्ति दिइरहने काम जारी रहयो । तत्कालका लागि देउवा को विरोध देखिए पनि दुवैले डा. शेखर कोइरालाले एकमुस्ट पाउन सक्ने समर्थनलाई विभाजित तुल्याउने काम मात्र गरेका थिए ।

किनभने पहिलो चरणमा सभापतिबारे कुनै परिणाम आउन नसक्ने र दोस्रो चरणमा सबै मिलेर देउवालाई हराउने प्रष्टीकरण प्रकाशमान र विमलेन्द्रद्वारा मतदान स्थलमा बारम्बार दिइएको थियो तर परिणाम घोषित भएको केही घण्टाभित्रै दुवै नेताले सभापति पदका लागि शेरबहादुर देउवालाई समर्थन जनाए ।

आफ्नै समर्थकहरूलाई विरोध गर्न लगाई विपक्षी मत विभाजित गराएर रणनीतिक रुपमा सभापति देउवा सफल भएका छन् । अर्थात् काङ्ग्रेसको भावी राजनीतिलाई यथास्थितिको निरन्तर अभ्यास भन्न सकिन्छ । तर, परिवर्तन र पुस्तान्तरणको नारा दिने गगन थापा, धनराज गुरुङ र विश्वप्रकाश शर्माको पनि विजय भएको छ । यसलाई कसरी बुझ्ने ?

प्यानल लिस्टअनुसार धनराज गुरुङ र गगन थापाले डा. शेखर कोइरालालाई समर्थन जनाएका थिए जब कि, विश्वप्रकाश शर्मालाई प्रकाशमान सिंहको सहयोग थियो । पछिल्लो केही समयदेखि सभापति देउवाको आलोचना गर्दै आएका विश्वप्रकाशले यही कारण देखाई आफू दोस्रो चरणमा देउवालाई समर्थन गरेको जनाए । उनले व्यापक आलोचना पनि खेपे ।

तर पनि युवा नेताहरू निर्वाचित हुँदा काङ्ग्रेसभित्र उत्साह थपिएको देखिन्छ । विश्लेषक र टिप्पणीलाई अध्ययन गर्दा काङ्ग्रेसमा पुस्तान्तरण स्वीकार्य भएको तर्क छ तर के साँच्चै त्यही भएको हो अथवा महाधिवेशन प्रतिनिधिहरूले बहुचर्चित र प्रखर वक्ताहरु तथा भविष्यमा सहयोग गर्न सक्षमलाई अगाडि सारेको परिणाम हो यो ।

अर्थात् काङ्ग्रेसको भावी राजनीतिलाई यथास्थितिको निरन्तर अभ्यास भन्न सकिन्छ । तर, परिवर्तन र पुस्तान्तरणको नारा दिने गगन थापा, धनराज गुरुङ र विश्वप्रकाश शर्माको पनि विजय भएको छ । यसलाई कसरी बुझ्ने ?

सँगसँगै नेपाली काङ्ग्रेसको स्थायी भोटबैंक अर्थात् मधेसको अवस्थालाई कसरी आँकलन गर्ने । विमलेन्द्र निधिका साथै उपसभापति पदका महत्वपूर्ण उम्मेदवार विजयकुमार गच्छदारलाई यसपटक अस्वीकार गरिएको छ ।

हुन त महेन्द्र यादवलाई जिताएर पुस्तान्तरणको सन्दर्भलाई जोड्न सकिन्छ तर त्यति मात्रले काङ्ग्रेसलाई मधेस राजनीति सम्बोधन गराउन पुग्छ त ?

समग्र रुपमा काङ्ग्रेस महाधिवेशनलाई विश्लेषण गर्ने हो भने प्रजातान्त्रिक अभ्यासको निरन्तर पृष्ठपोषण र सभापति शेरबहादुर देउवाको रणनीतिक सफल भएको छ । यसका अतिरिक्त ६० बर्ष भन्दा कम उमेरको पदाधिकारीलाई बहुमत दिएर महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई विधि र प्रक्रियाबाट सञ्चालन गर्न जनादेश दिएका छन् । गगन थापा, धनराज र विश्वप्रकाश हरुको परिक्षण प्रारम्भ भएको छ ।

अहिलेसम्म प्रश्न गरेर चर्चित बन्दै आएका यी युवा नेताहरूप्रति नेपाली जनताले पनि आशा गरेको देखिन्छ । विगत केही समयदेखि एलिटहरुको क्लब जस्तो बन्न पुगेको काङ्ग्रेसलाई फेरि एकपटक सामान्य जनताको प्रतिनिधित्व गर्ने सु–अवसर जुटेको छ ।

कृष्णप्रसाद सिटौलालाई यो महाधिवेशनले अप्रासंगिक बनाउनुका साथै गुटबन्दी र प्यानल लिस्टलाई अस्वीकार गरिदिएको छ ।

चुनौती थपिए पनि अवसरको प्रचुर सम्भावनालाई नेपाली काङ्ग्रेसको नवनिर्वाचित समितिले कसरी व्यवस्थापन गर्छ भने हेर्न बाँकी नै छ । यसको शुरुवात केन्द्रीय समितिमा मनोनयन हुनसक्ने पात्रहरूको चयनमा पनि देखिनेछ ।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १ : १३ बजे

बहिष्कार फण्डा : दर्शकको सेन्सर कि कुसंस्कार ?

काठमाडौं – एक समय मूलधारका मिडियामा समाचार लेख्ने पत्रकारलाई ‘मास’

सन्दर्भ पत्रकारिता दिवस : पहिलो हुने होडमा भूल गर्ने, सुधार कहिल्यै नगर्ने रोग

नेपालमा गोरखापत्र प्रकाशन भएको दिन अर्थात् वैशाख २४ गते। यहि

भारतका धेरै एयरपोर्टमा उडान रोकिए, पञ्जाबका विद्यालय बन्द, पाकिस्तानको ‘एयर स्पेस’ ठप्प

नयाँदिल्ली- पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधिनस्त

कार्नी-ट्रम्प भेटवार्ता : क्यानडा बेचिनका लागि नभएको जवाफ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच

प्रधानमन्त्रीबाट राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण