स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं : मुख्यमन्त्री भट्ट « Khabarhub

स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं : मुख्यमन्त्री भट्ट


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताएका छन्।

दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको सोमबार उद्घाटनका क्रममा उनले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताए । उनले भने, “कुनै पनि नागरिकले उपचार नपाएर अकालमै ज्यान नजाओस् भन्ने हाम्रो लक्ष्य हो, स्वास्थ्य क्षेत्रमा बजेटको कमि हुन दिँदैनौं ।”

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले राजपुरमा उक्त बायोमेडिकलको स्थापना गरेको हो । सङ्घीय राजधानी बाहिर स्थापना भएको यो बायोमेडिकल पहिलो भएको बताइएको छ ।

उक्त मेडिकल स्थापनापछि यहाँका लाखौं नागरिक लाभान्वित हुनाका साथै घरैमा उपचार पाउने आशा गरिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिए । बायोमेडिकल सञ्चालनका लागि आवश्यक जनशक्तिको पनि व्यवस्था चाँडै गरिने निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ४० बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक