जुम्लावासीलाई चिसोबाट जोगाउने तातोपानी कुण्ड « Khabarhub

जुम्लावासीलाई चिसोबाट जोगाउने तातोपानी कुण्ड


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तापक्रम यतिबेला माइनस ६ दशमलब शून्य डिग्री छ । केही दिनपछि यहाँको तापक्रम माइनस १५ डिग्रीभन्दा माथि पुग्ने मौसम विभागको पूर्वअनुमान छ । बढ्दो चिसोबाट जोगिन यहाँका सर्वसाधारणले जसोतसो प्रयास त गरीरहेकै छन् । तर, पानी नै जम्न थालेपछि सरसफाइ गर्ने पानी र खानेपानीसमेत अभाव हुन थालेको छ ।

बरफ बनेको पानी पगाल्ने प्रशस्त बिजुली अभाव र ज्यान तातो बनाउने लत्ताकपडा नभएका बेला यसका सर्वसाधारणलाई तातोपानी गाउँपालिकामा रहेको तातोपानी कुण्डले निकै राहत दिइरहेको छ । जब जुम्लामा चिसो बढ्छ तातोपानीको कुण्डमा नुहाउन आउनेको भिड लाग्छ । कुण्ड व्यवस्थापनको लागि तातोपानी पर्यटक व्यवस्थापन समितिसमेत गठन भएको छ । यसले तातोपानीमा नुहाउन आउनेको व्यवस्थापन र कुण्डको संरक्षण गरिरहेको छ ।

तातोपानी धारामा नुहाएको जिल्लाभित्रकालाई २० रुपैयाँ र जिल्ला बाहिरको हकमा ३० रुपैयाँ समितले लिने गरेको समितिका कर्मचारी छकबहादुर बुढाले बताए । उनले भने, ‘एक महिनामा ४० देखि ६० हजार शुल्कबाट मात्रै उठ्छ ।’ यहाँ दिनकै एक सय ५० जनाभन्दा बढी सर्वसाधारण आउने गरेका छन् । उनी भन्छन्, ‘जुम्लामा चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेहरू पनि बढ्छ । यहाँ जुम्लाभन्कादा बाहिरका मानिससमेत आउने गरेका छन् ।’

सिंजा गाउँपालिका १ की ५६ वर्षीया खुमेनी दमाईलाई ढाड र खुट्टाको जोर्नी दुख्ने समस्या थियो । यहाँको तातोपानी धारामा नुहाउँन थालेदेखि सन्चो भएको उनी बताउँछिन् । उनी जस्तैं तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठिक भएको बताउँने धेरै भेटिन्छन् । यही करण चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेको संख्या ह्वात्तै बढेको छ ।

नुहाउन आउने महिलाका लागी धारा असुरक्षित बन्दै गएको चन्दननाथ नगरपालिका ५ की सुस्मिता कठायतले बताइन । उनका अनुसार नुहाउने धरामा महिला पुरुष सराबरी हुन्छन् । सँगै नुहाउनु पर्दा महिलाहरूले असुरक्षित महशुस गर्ने उनको भनाइ छ । उनले भनिन्, ‘धारामा नुहाउँदै गर्दा पुरुषहरू महिलालाई निहालेर हेर्छन् । महिलाहरू अशुरक्षित ठान्छन् ।’ गाउँपालिकाले महिला र पुरुषका लागि अलग अलग धारा बनाउन आवश्यक भएको उनको भनाइ ।

तातोपानी गाउँपालिकाको दुई वटा धारा थपेर केही फराकिलो भने बनाएको बताएको छ । एक ठाउँमा महिला र आर्को ठाउँमा पुरुषका लागि बनाएको हो । तर व्यवस्थापन राम्रो हुन भने सकेको छैन । पालिकाले ६० लाख खर्चर शौचालय, पार्क र धारा निर्माण गरेको भए पनि व्यवस्थापना राम्रो भएको छैन । टिकट काट्ने सिस्टम गरेपनि सुरक्षा बारे समितिले नसोचेको हरिबहादुर बुढाले बताए । न्युजकारखाना

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ६ : २० बजे

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा

ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल,

काठमाडौं– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना

सेमिफाइनलमा अर्जेन्टिनाको जित छायामा पार्ने कट्टर दुश्मनी

काठमाडौं – विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-० ले हराउनु