प्रधानमन्त्री देउवा पत्नी आरजुले पाइन् तेस्रो बढी मत « Khabarhub

प्रधानमन्त्री देउवा पत्नी आरजुले पाइन् तेस्रो बढी मत


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । जस अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा धेरै मत पाएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी हुन् ।

दोस्रो स्थानमा पुष्पा भुसाल रहेकी छन् । भुसालले दुई हजार ७१८ मत पाइन् ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले दुई हजार ५३६ मत पाउँदा चौथो बनेकी अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी भएका छन् ।

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् । प्रसाई भने शेखर कोइराला प्यानलकी उम्मेदवार हुन् । महिला खुला केन्द्रीय सदस्यको ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ९ : ५६ बजे

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट