अबेर रातिसम्म निन्द्रा नलागे यी उपाय अपनाउनुहोस् « Khabarhub

अबेर रातिसम्म निन्द्रा नलागे यी उपाय अपनाउनुहोस्


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरलाई निन्द्रा अत्यन्त आवश्यक छ । निन्द्राले थकानयुक्त शरीरमा आराम दिलाउँछ । दिनभरी चलायमान भएको शरीरलाई आराम दिन रातमा निदाउने गरिन्छ ।

शरीरको थकान हटाउन चाहिने आराम पर्याप्त निन्द्राले मात्र पुर्याउँछ । त्यसलै मानिस निदाउन आवश्यक हुन्छ । एक स्वस्थ मानिसलाई ६ देखि ८ घण्टा निदाउनु पर्दछ ।

आजकल मोबाइल, टेलिभिजन लगायतका सामाग्रीको प्रयोग र तनावका कारण अबेर रातिसम्म मानिसहरु निदाउदैनन् । यदि अबेर रातीसम्म निन्द्रा नलागेमा यी उपाय अपनाउनु पर्दछ ।

१. अबेर रातिसम्म निन्द्रा नपर्ने समस्या भएमा सुत्ने कोठा एउटै पार्नुहोस् ।
२. निदाउन प्रयोग गरिने कोठामा बस्ने, पढ्ने वा छलफल गर्न बन्द गर्नुहोस् ।
३. रातमा सुत्नुअघि कोठाको वातावरण शान्त र अध्यारो पार्नुहोस् ।
४. सम्भव र अनुकुल महशुस भए आखाँ छोपेर सुत्नुहोस् ।
५. मोबाइल, टेलिभिजन वा आवाज आउने यन्त्र अफ गरेर सुत्नुहोस् ।
६. सुत्ने डसना धेरै मोटो वा बिझाउने गरी पातलो हुनु हुदैन ।
७. विवाहिताहरुले सुत्नुअघि शारीरिक सम्बन्ध राखे निदाउन सघाउ पुर्याउँछ ।
८. सुत्ने समयलाई निश्चित गर्नुहोस् साथै उठ्ने समय पनि एउटै पार्नुहोस् ।
९. निन्द्रा पर्न खोजेन भने किताब पढ्ने, सुमधुर गीत, धुनहरु सुन्नु उपयुक्त हुन्छ ।
१०. बेलुकीको खानामा चिल्लो, पिरो नखानुहोस् ।
११. दिउँसोको खाजापछि कफी नखानुहोस् ।

अनिन्द्रा निराशाको रोग अर्थात डिप्रेसनसँग जोडिएको हुन्छ । त्यसैले अबेरसम्म निन्द्रा नलागेमा डिप्रेशनको रोगको सुरुवाती लक्षण हुनसक्छ । तसर्थ यसबारे चिकित्सकको परामर्श लिनुहोस् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : ०० बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व