बागमती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण « Khabarhub

बागमती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेको बुधबार बसेको बागमती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामुख सानुमार श्रेष्ठले जानकारी दिए ।

सभामुख श्रेष्ठका अनुसार प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा २०१ को उपचार २ प्रयोग गर्दै उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुखले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा, व्यवहार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ७ : ४० बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार