सुशान्तको चन्द्रमा प्रेम « Khabarhub

सुशान्तको चन्द्रमा प्रेम


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी) । बलिउडका लागि आज जनवरी २१ विशेष दिन हो । किनकी आजकै दिन अभिनेता सुशान्तसिंह राजपुतको जन्म भएको थियो । छोटो समयमै राम्रा फिल्ममा अभिनय गरेर चर्चा कमाएका सुशान्त हामी माझ छैनन् ।

कामको कुरा गर्दा सुशान्तलाई धेरैले टेलिभिजन र फिल्म नै सम्झन्छन् । तर उनको अर्को पाटो सायदै कमैलाईमात्र थाहा होला । सुशान्तलाई फिल्मका अलावा अन्तरिक्षमा विशेष लगाव थियो । उनी चन्द्रमामा जमिन किन्ने पहिलो बलिउड अभिनेता थिए । उनले सन् २०१८ मा चन्द्रमामा जमिन किनेका थिए । उनको यो जमिन ‘सी अफ मसकोवी’मा छ । उनले यहाँ इन्टरनेशनल लुनार लेजेण्ड्स रजिष्ट्रीबाट जमिन खरिद गरेका थिए ।

उनीसँग अन्तरिक्ष प्रति विशेष लगाव थियो । त्यहीकारण उनले विशेष प्रकारको एडभान्स टेलिस्कोप १४ एलएस०० पनि राखेका थिए । यो टेलिस्कोपमार्फत उनी सेटर्न रिंग्ससँगै तारा र अन्य ग्रह हेर्दथे ।

यद्यपि अन्तर्राष्ट्रिय संगठनहरुले चन्द्रमामा कानूनी रुपमा कसैलाई पनि जमिनको मालिक बन्ने अधिकार नरहेको बताउदै आएका छन् । पृथ्वी भन्दा बाहिर दुनियाँ मानव जातिको धरोहर रहेको र यसमा कुनै पनि देशले कब्जा गर्न नसक्ने उनीहरुको बुझाई छ ।

३४ वर्षे सुशान्त गत वर्षको जून १४ मा बान्द्रास्थित आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मृत्युको विषयलाई लिएर सीबीआई, इडी र एनसिबी जस्ता देशका ठूला अनुसन्धान एजेन्सीले अनुसन्धान गरे पनि कुनै निश्कर्षमा पुग्न सकेका छैनन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ५७ बजे

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले