काठमाडौँ महानगरले पारित गर्‍यो तीन विधेयक « Khabarhub

काठमाडौँ महानगरले पारित गर्‍यो तीन विधेयक


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौँ- काठमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ ।

पारित भएका विधेयकमा ‘काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक—२०७७’, ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक—२०७७’ र ‘काठमाडौँ महानगरपालिका संस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक—२०७७’ रहेको छ ।

बुधबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले ती विधेयक पारित गर्दै विभिन्न कार्यक्रममा बजेट संशोधनसमेत गरेको छ ।

सातौँ नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये शीर्षक मिलाउनुपर्ने, स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नुपर्ने कार्यक्रमलाई वार्षिक बजेट सीमामा फरक नपर्ने गरी बजेट संशोधन गरिएको हो ।

बैठकबाट लेखा समितिको प्रतिवेदन पनि पारित भएको छ । समितिले प्रतिवेदनमा वित्तीय सुशासन, नियमितता, मितव्ययिता, कार्यदक्षता, पारदर्शिता, प्रभावकारिताका विषय समावेश गरेको छ ।

अधिवेशनमा नगरसभा सदस्यहरूले थालिएका तर रकम अभावका कारण यही आवमा कार्य सम्पन्न हुन कठिन योजनाका लागि थप रकमको व्यवस्था गर्न, योजना अनुगमन गर्न, राजस्वको दायरा बढाउन, धुँवा धुलोमुक्त शहर बनाउने प्राथमिक योजनाका समस्या पहिचान गरेर नियमित गर्न सुझाव दिएका छन् ।

बैठकमा प्रमुख शाक्यले कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा एक इञ्च पनि जमिन नमिचिएको भन्दै यसको बारेमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताए ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १२ : ०१ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता