सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु « Khabarhub

सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन शुरु


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् ।

कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण अनलाईनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रुपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो ।

विश्वविद्यालयको माघ ५ गतेको वैठकले प्रत्यक्ष रुपमा कक्षामा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णयानुसार सञ्चालन गरिएको मानवीकी तथा सामाजिक शास्त्र सङ्काय विभागका प्रमुख हरिशचन्द्र भट्टले बताए ।

उनका अनुसार स्नातक छैटौँ र आठौँ सेमेस्टरका लागि बिहान १० बजेदेखि, स्नातक दोस्रो र चौथो सेमेस्टरका लागि बिहान ११ बजेदेखि र स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरका लागि दिउँसो ३ बजेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, व्यवस्थापन सङ्कायका सम्पूर्ण कक्षासमेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बिबिए दोस्रो, चैथो, छैटौ, आठौ, बिबिएस दोस्रो वर्ष, तेस्रो वर्ष, एमबिएम दोस्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालनका लागि समय निर्धारण गरिएको छ ।

बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरकफरक समयमा कक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । शिक्षा शास्त्र विभागअन्तर्गत स्नातक र स्नातकोत्तरका कक्षा समेत बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १२ : ४५ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार