भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपालमा, पाँच दिनभित्र प्रदेशमा पुग्ने « Khabarhub

भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपालमा, पाँच दिनभित्र प्रदेशमा पुग्ने


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौँमा आइपुगेको छ ।

खोप लिएर आएको एयर इण्डियाको जहाज बिहान ११:५३ मा अवतरण गरेको थियो । कोरोना खोपको निगरानीका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विमानस्थलमै पुगेका थिए ।

सो खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यसपछि उक्त खोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिने उक्त खोप बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्तीि केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जानकारी दिएको छ ।

खोप शाखा प्रमुख एवं खोपविज्ञ डा.झलक शर्मा गौतमका अनुसार ‘कोभिसिल्ड’ लाई उपत्यकासहित विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा कोल्डस्टोर राखिनेछ । तिनै कोल्डस्टोरमा पुगेका खोप जिल्ला जिल्लामा पठाइने तयारी भएको छ ।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो । उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ। खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको पनि गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले भने खोप जिल्ला पुगेपछि एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप अभियान सुरु हुनेछ।

सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ ।

यस्तो संख्या करिव ४ लाख हाराहारी रहेको सरकारी तथ्यांक छ । अनुदानमा आएको यो खोपको प्रभावकारितालाई विचार गर्दै सरकारले बाँकी खोप खरिद गर्ने जनाइ सकेको छ ।

नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारी योजना पूरा हुन ५ करोड डोज खोप चाहिने विशेषज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १२ : ३० बजे

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा

प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं – संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार

साताका समाचार : सुकुम्वासीलाई नहटाउन सर्वोच्चको आदेश, प्रधान्यायाधीशमा डा. शर्मा र दर्जन ट्रेड युनियन खारेज

काठमाडौं- डोजर चलेपछि बस्ती नहटाउन सर्वोच्चको आदेश वालेन्द्र शाह नेतृत्वको

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान