राष्ट्रपतिले जनताको प्रतिनिधिमूलक संस्था विघटनको निर्णय फिर्ता लिनुपर्छ – अधिवक्ता अर्याल | Khabarhub Khabarhub

राष्ट्रपतिले जनताको प्रतिनिधिमूलक संस्था विघटनको निर्णय फिर्ता लिनुपर्छ – अधिवक्ता अर्याल


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ ।

आज रिट निवेदककातर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका छन् । अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।

विगतमा राष्ट्रप्रमुखले संविधानविपरीत चालेका कदमहरू फिर्ता लिएका उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने तर्क गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपति स्वय‌ंले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ । राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नुहुन्छ । संसद्लाई फेरि क्रियाशिल हुने बाटो ल्याउन सक्नुहुन्छ ।’

कार्यकारी अधिकार तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानविपरीत आफूमा लगेको र पछि ‘जनताको नासो जनतालाई फिर्ता गरेको’ उदाहरण दिँदै उनले राष्ट्रपतिले संसद विघटनको निर्णय फिर्ता लिनुपर्ने बताए ।

राष्ट्रपति भण्डारीले संसद् विघटनको निर्णय फिर्ता नलिए सभामुख अग्निप्रसाद सापकोटा र सांसदहरूले आफूमा रहेको अधिकार प्रयोग गरेर संसद् सुचारु गर्न सक्ने अर्यालको तर्क थियो ।

गत पुस ५ मा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर बहस भइरहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ३ : ०५ बजे

थाइल्यान्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

एजेन्सी – थाइल्यान्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८

सेनाले टुँडिखेलमा यसरी मनायो स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं- नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने प्रचण्डको विश्वास

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले