राष्ट्रपतिले जनताको प्रतिनिधिमूलक संस्था विघटनको निर्णय फिर्ता लिनुपर्छ – अधिवक्ता अर्याल « Khabarhub

राष्ट्रपतिले जनताको प्रतिनिधिमूलक संस्था विघटनको निर्णय फिर्ता लिनुपर्छ – अधिवक्ता अर्याल


८ माघ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ ।

आज रिट निवेदककातर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका छन् । अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।

विगतमा राष्ट्रप्रमुखले संविधानविपरीत चालेका कदमहरू फिर्ता लिएका उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने तर्क गरेका हुन् ।

उनले भने, ‘राष्ट्रपति स्वय‌ंले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ । राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नुहुन्छ । संसद्लाई फेरि क्रियाशिल हुने बाटो ल्याउन सक्नुहुन्छ ।’

कार्यकारी अधिकार तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानविपरीत आफूमा लगेको र पछि ‘जनताको नासो जनतालाई फिर्ता गरेको’ उदाहरण दिँदै उनले राष्ट्रपतिले संसद विघटनको निर्णय फिर्ता लिनुपर्ने बताए ।

राष्ट्रपति भण्डारीले संसद् विघटनको निर्णय फिर्ता नलिए सभामुख अग्निप्रसाद सापकोटा र सांसदहरूले आफूमा रहेको अधिकार प्रयोग गरेर संसद् सुचारु गर्न सक्ने अर्यालको तर्क थियो ।

गत पुस ५ मा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर बहस भइरहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ३ : ०५ बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई