टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण « Khabarhub

टाटा मोटर्सद्वारा द हिडन ट्रेजरलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरलाई आज आयोजित एक कार्यक्रमबीच टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ ।

केही समय अघि सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र द हिडन ट्रेजरबीच टाटा अल्ट्रोज मिस नेपालको अफिसियल कार हुने सम्झौता भएको थियो ।

उक्त कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का सि.ई.ओ.श्री राजन बाबु श्रेष्ठ ज्युले टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिहं ज्युको रोहवरमा द हिडन ट्रेजरका प्रतिनिधिहरुलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरे ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसको सुरुवाती मुल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

टाटा अल्ट्रोज अल्फा अर्थात एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ डिजाइन, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रविधि रहेका छन ।

टाटा अल्ट्रोज विविध किसिमका सुविधा र विशेषताहरुले भरिपूर्ण रहेको छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पीएस पावर र ११३ एनएम टर्क प्रदान गर्दछ । यसमा रहेकोे मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ डाइनामिक्स र इन्धन खपतको प्रभावकारितालाई सन्तुलन कायम गर्दछ ।

यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्री डिजाइन खुल्ला र फराकिलो रहेको छ । अल्ट्रोज अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामग्रीबाट बनेको टाटा मोटर्सले जनाएकोे छ ।

आइडल स्टप÷स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिएन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका अति उत्कृष्ट बिशेषताहरु यसमा रहेका छन् ।

प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबीएस, ईबीडी, सीएससी. र ड्युअल एयरब्यागहरु रहेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ४ : ४२ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको