रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै « Khabarhub

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग गरिँदै आइएको छ । यहाँका ग्रामीण भेगका नागरिकले हिजोआज खाना पकाउनका लागि परम्परागत चुलोमा गुइँठाको प्रयोग गर्दै आएका छन् । ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका, विपन्न तथा दलित परिवारले परम्परागत चुलोको प्रयोग गर्दै आएका हुन् ।

खाना पकाउने ग्यास अभाव तथा चर्को मूल्य पर्ने भएपछि चुलोमा गुइँठा (गोबरबाट बनेको) प्रयोग गर्दै आइएको स्थानीय बताउँछन् । वनजङ्गल मासिँदै जाँदा दाउराको अभाव भएपछि गाईभैँसीको गोबरबाट बनेका गुइँठालाई खाना बनाउन दैनिक रूपमा प्रयोग गर्दै आएको बृन्दावन नगरपालिका–१ का अदित्यकुमार रजकले बताए ।

आर्थिक अवस्था कमजोर भएका परिवारले महँगोमा ग्यास किनेर प्रयोग गर्न नसक्ने र यसलाई ल्याउन पनि टाढा जानुपर्ने भएकाले आफूहरूले गाईवस्तुको गोबरबाट गुइँठा बनाएर प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

गुइँठाको आगोले खाना छिटो पाक्ने र धुँवा पनि कम निस्किने भएकाले तराई–मधेसका ग्रामीण क्षेत्रमा यसको प्रयोग बढी मात्रा हुने बृन्दावन नगरपालिका–३ का प्रमोद यादवले बताए । गोबरमा भुस, पराल, मकैको ठठेरोलगायत वस्तु राखेर गोबरलाई सुकाएर गुइँठा तयार पारिने जानकारी दिँदै उनले पछिल्लो समय भान्छामा यसको प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए ।

दाउरा अभाव बढ्दै जाँदा यहाँका स्थानीय बासिन्दाले गुइँठालाई भरपर्दो इन्धनका रूपमा पुनः अपनाउन थालिएको यादवको धारणा छ । वनजङ्गल टाढा हुनु, पहिलाजस्तो सहज रूपमा दाउरा उपलब्ध नहुनु, बढ्दो इन्धन सङ्कटलगायत कारणले गुइँठा प्रयोग गर्नेको सङ्ख्या बढिरहेको उनको बुझाइ छ ।

विशेषगरी दाउरा अभाव भएका क्षेत्रमा स्थानीयले गुइँठाभित्र सानो बाँस वा अन्य काठ राखेर बल्ने क्षमतायुक्त ‘गुइँठा दाउरा’ बनाउने र घरघरमै उपलब्ध हुने गाईभैँसीको गोबरबाट तयार गरिने गुइँठा अहिले सस्तो र सहज विकल्पका रूपमा स्थापित हुँदै गएको गढीमाई नगरपालिका(८ का अशोक यादवले बताए ।

गुइँठा परम्परागत इन्धनमात्र होइन, अहिलेको सन्दर्भमा व्यावहारिक वैकल्पिक स्रोत पनि भएको बताउँदै यसलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकियो भने तराई क्षेत्रमा ग्यास र दाउरामा निर्भरता कम गर्न सकिने यादवको धारणा छ ।

सरकारले गुइँठालाई दिगो इन्धनका रूपमा विकास गर्न स्पष्ट नीति तथा योजना ल्याउन सके ग्रामीण भेगका लागि यो दीर्घकालीन समस्याको समाधान बन्न सक्ने उनको भनाइ छ ।

यहाँ केही नगरपालिकाले निःशुल्क ग्याससहित चुलो नागरिकलाई वितरण गरेको भए तापनि सोही नगरपालिकाका नागरिकले समेत गोबरको गुइँठा बनाएर वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गरिरहेका छन् ।

जिल्लाको मौलापुर, फतुवा विजयपुर, कटहरिया, गुजरा, परोहालगायत नगरपालिकाले स्थानीयलाई ग्याससहितको चुलो वितरण गरेको थियो । स्थानीय तह निर्वाचनको घोषणापत्रमा नै घरघरमा ग्यास चुलो प्रदान गरी धुवाँमुक्त गाउँ बनाउने प्रतिबद्धता गरेसँगै निर्वाचित जनप्रतिनिधिले स्थानीयलाई ग्यास चुलो वितरण गरेका थिए ।

रौतहटको गौर, इशनाथ, गरुडा, मौलापुर, यमुनामाई, देवाही गोनाही, बृन्दावन, गुजरा, राजपुर र कटहरियालगायत जिल्लाका १८ वटै स्थानीय तहका ग्रामीण भेगका नागरिक ग्यास चुलो थन्क्याएर गोबरको गुइँठा बनाइराखेका छन् ।

चन्द्रपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रमा करिब दुई हजारभन्दा बढी विद्युतीय चुलो वितरण गर्न थालेको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिए । चन्द्रपुर नगरपालिकाको १० वटै वडामा प्रतिवडा दुई सयको दरले विद्युतीय चुलो वितरण गर्न थालिएकाले आवेदन फारमसमेत सङ्कलन गरिसकेको नगरप्रमुख काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : ३० बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,