दुध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान « Khabarhub

दुध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुध उत्पादक किसानलाई उत्पादनको आधारमा आर्थिक अनुदान प्रदान गरेको छ ।

नगरपालिकाले सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरूप यो वर्ष किसानले ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ प्राप्त गरेका छन् ।
अनुदान रकम साना किसानसम्म पु¥याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दुधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २० वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध ३ हजार २५५ जना किसानले अनुदान रकम प्राप्त गरेका हुन् ।

मङ्गलबार सहकारीलाई प्रदान गरिएको अनुदान रकम किसानले प्राप्त गर्नेछन् । नगरपालिकाले गत आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरूप झण्डै ३७ लाख रुपैँयाँ किसानलाई उपलब्ध गराएको थियो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको भनाइ छ ।

यो वर्ष वडा नम्बर १४ स्थित गौतम बुद्ध दूग्ध चिस्यान केन्द्रले सबैभन्दा बढी ९ लाख २६ हजार ८५२ रुपैयाँ प्राप्त गरेको छ । सोही वडाको टिकुलिगढ दूग्ध उत्पादक सहकारीले ५ लाख २० हजार ५४, वडा नम्बर १२ को गोकुल दूग्ध उत्पादक सहकारीले ४ लाख ७० हजार ५२७, वडा नम्बर ६ को पञ्चामृत दूग्ध उत्पादक सहकारीले ४ लाख २७ हजार ५५७ रुपैयाँ पाएका छन् ।

गत वर्षको तुलनामा यो वर्ष दुध उत्पादन बढेकोले किसानले झण्डै आठ लाख रुपैयाँ बढी अनुदान रकम प्राप्त गरेका छन् ।
दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारीमार्फत् विक्री हुने गरेको छ ।

अनुदान वितरण कार्यक्रममा दूग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले किसानको पक्षमा तिलोत्तमा नगरपालिकाले गरेका काम प्रशंसनीय रहेको बताए । उनले सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताए ।

दूग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले तल्लो तहको किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए । उनले विशिष्ट सहकारीमार्फत् बन्न थालेको दूग्ध प्रशोधन केन्द्रमा सेयर लगानी गर्न प्रारम्भिक सहकारी संस्थाहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ४ : ४६ बजे

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले गरे डब्लूएचओको बजेट कटौती

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का