सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन : ओली | Khabarhub Khabarhub

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन : ओली


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको हुनाले नै आफूले प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको बताए।

‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ। यसमा हामी सबै सजग हुनुपर्छ। देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ’, उनले भने, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो। हामी रातो झण्डा फहराउनेवालाहरु हौँ। काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ। हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ। हामीलाई देश बनाउनु छ। सुशासन र विकासको बाटामा जानु छ।’

अर्को एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे।

‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार : स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षाः प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ५ : २२ बजे

घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत्

प्रतिनिधिसभा बैठक : मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदहरुले उपभोक्ता बजारमा

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

प्रचण्ड सरकारसँग देश बनाउने कुनै भिजन नभएको ओलीको आरोप

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘ऊर्जा विकास