नेपाल र इजरायलबीच एमओयूमा हस्ताक्षर « Khabarhub

नेपाल र इजरायलबीच एमओयूमा हस्ताक्षर


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने भएको छ ।

बिहीबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल (एमओयू) मा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन सकिने भएको हो ।

नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडरले एमओयूमा हस्ताक्षर गर्नुभएको हो । नेपाली कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि जान पाउनेगरी सम्झौता गरिएको छ ।

एमओयू हस्ताक्षर कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले नेपाल कृषिप्रधान देश भएकाले कृषिको जनशक्ति इजरायल पठाउन सके श्रमको साथसाथै सिप पनि सिकेर आउने र उक्त सिप नेपालमा प्रयोग हुने भन्दै आगामी दिनमा कृषिको लागि नेपाली कामदार पठाउन पाइने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कामदारलाई इजरायल पठाउने प्रक्रिया चाडै शुरु गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ६ : १९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग