प्रधानमन्त्रीले ‘तस्कर’लाई नै वनमन्त्री बनाएको नेता रावलको आरोप  « Khabarhub

प्रधानमन्त्रीले ‘तस्कर’लाई नै वनमन्त्री बनाएको नेता रावलको आरोप 


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको हराभरा वन फँडानी गर्न ‘तस्कर’लाई नै वनमन्त्री बनाएको आरोप लगाएका छन् ।

कञ्चनपुर जिल्लाको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उनले वनमन्त्री नै ‘तस्कर’ भएको आरोप लगाएका हुन ।

वनमन्त्री प्रेम आलेप्रति कटाक्ष गर्दै उनले वन तस्करीको मिसिल आदालतमा जीवितै रहेकाले पूर्वइतिहास खोज्ने डरले उनी कुप्रचारमा लागेका बताए।

‘वन मन्त्री आउँदा तस्कर आयो भन्दै निकै चर्चा हुने गरेको छ,’ उनले प्रधानमन्त्रीसँग प्रश्न गरे , ‘यस्ता तस्करलाई वनमन्त्री बनाएर गर्न खोजेको के हो ?’

प्रधानमन्त्री ओलीमा शक्ति र पदको दुरुपयोग गरी झुटको खेती गरिरहेको समेत नेता रावलको आरोप थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य खगराज भट्टले प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै पथमा हिँड्न खोजिरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीलाई लक्षित गरेर उनले सिंहदरबारको निरङ्कुशता परास्त गर्न सिंगो पार्टी पंक्ति एकजुट हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ०३ बजे

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका