दोहोरो बिल जारी गरी उपभोक्ता ठग्ने भण्डारी स्टोरमाथि विभागको कारबाही | Khabarhub Khabarhub

दोहोरो बिल जारी गरी उपभोक्ता ठग्ने भण्डारी स्टोरमाथि विभागको कारबाही


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दोहोर बिल बनाइ ठगी गर्ने एक तेल कम्पनीमाथि कारबाही गरेको छ ।

काठमाडौँको नागार्जुन नगरपालिका वडा नं- ४ स्थित श्री भण्डारी स्टोरले विभिन्न ब्रान्डका सन्फ्लावर तथा सोयाबिन खाने तेल बिक्री गर्दा दोहोरो बिल (इष्टिमेट र कर बिजक) जारी गरी उपभोक्ता ठगी गरेको पाइइपछि जरिवाना तिराइएको विभागले जनाएको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले उक्त कम्पनीले दोहोरो बिल बनाइ उपभोक्ता ठगी गरेको पाइएको हुँदा २ लाख ५० हजार जरिवाना गरिएको जानकारी दिए ।

उनले भने, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) बमोजिमको कसुर गरी प्रति कार्टुन ५०/- बढि लिई बिक्री बितरण गरेको पाइएको हुँदा उक्त ऎनको दफा ३९(ख) बमोजिम तत्कालको लागि रु २,५०,०००।- जरिवाना गरिएको छ।’

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : १९ बजे

भारत र चीनको विरोधमा नेविसंघको मशाल जुलुस (तस्बिरहरू)

काठमाडौँ- प्रमुख सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ त्रिचन्द्र क्याम्पसले

सङ्खुवासभालाई ऊर्जाको राजधानी बनाउनुपर्छ : मन्त्री खड्का

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई भौगोलिक सुन्दरताको पहिचान

समावेशी गणतन्त्रको सपना अपूरो छ : अध्यक्ष प्रचण्ड

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व

आयात ११ र निर्यात ९५ प्रतिशतले बढ्यो, डिजेललाई उछिन्यो सोयाबिन तेलले

काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा नेपालको वैदेशिक व्यापार गत