राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल « Khabarhub

राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन्उ ।

प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँग श्रव्य दृश्यका माध्यमबाट आज आयोजित बैठकमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनीतिक प्रणालीको एउटा प्रक्रिया भएको बताए ।

उनले नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरे ।

अर्थमन्त्री पौडेलले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीति संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै राजनीतिक विषयमा दलको छुट्टाछुट्टै मत र धारणा भए पनि समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको बताए ।

अर्थमन्त्री पौडेलले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रम कुनै व्यक्ति वा दल विशेषका लागि लक्षित नभई नेपालको समग्र आर्थिक विकाससँग सम्बन्धित विषय भएकाले निर्वाचनपछि गठन हुने सरकारले पनि कार्यान्वयनलाई निरन्तरता दिनेमा विश्वस्त हुन आग्रह गरे ।

उनले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी कार्यक्रममा उल्लेखित विषया संरचनागत सुधार, स्रोत व्यवस्थापन, वित्तीय सङ्घीयता तथा वित्तीय सुशासनका लागि निकै महत्वपूर्ण र दीर्घकालीनरुपमा प्रभाव राख्ने प्रकृतिका रहेको बताए ।

कोभिड १९ को प्रभावको कारण सिर्जना भएको असहज परिस्थितिबाट अर्थतन्त्रलाई जोगाउन सरकारले अङ्गीकार गरेको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जनासम्बन्धी कार्यक्रमका लागि अझ समसामयिक भएको भन्दै अर्थमन्त्री पौडेलले प्रस्तावित संरचनागत सुधार कार्यक्रमले नेपालको अर्थतन्त्रको सुरक्षाका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ११ : २० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले